‘च्याङ धुम च्याङ’ लिएर आए अग्नी र सुनिता

 लिम्बुवान न्युज
                       

पाँचथर। लिम्बू कल्चर समेटिएको गीत ‘च्याङ धुम च्याङ’ सार्वजनिक भएको छ । मंगलबार युमा अार्टकाे यु–ट्युबमार्फत सार्वजनिक भएको हाे ।

उक्त गीत अग्नी लावतीले लेखेका हुन् भने संगीत आङखेवा लिम्बूको संगीत रहेको छ । यस गीतमा अग्नि लावती र सुनिता थेगिमको स्वर रहेको छ ।

संगीत आङखेवाकै निर्देशन रहेको गीतको भिडियोमा अग्नी र रेन्सा आङखेवा लिम्बूले मुख्य अभिनय गरेका छन् । रेन्साले यसै भिडियोमार्फत मोडलिङमा डेब्यू गरेकी हुन् । सुमन तामाङले खिचेको भिडियोमा सुस्मिता आङखेवा लिम्बू, देवेन्द्र लावती र विष्णु आङखेवाको पनि अभिनय हेर्न सकिन्छ ।

‘च्याङ धुम च्याङ’ गीतको यो भिडियोलाई पाँचथरको कुम्मायककाे यासोक बजार लगायत स्थानहरूमा छायाँकन गरिएको हो । भिडियोमा लिम्बू समुदायको विवाह संस्कार सँगै नाच्ने परम्परालाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

(भिडियाे तल हेर्नुहाेस्)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...