झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

 लिम्बुवान न्युज
                       

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता खारेज गर्नुपर्ने भन्दै राप्रपाले शनिबार झापामा प्रदर्शन गरेको हो।

नेपालको लोकतन्त्रले भ्रष्टाचार मौलाउन बल पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनले बताए। उनले सभामा भने, ‘अहिलेको लोकतन्त्र, संघीयता र धर्मनिरपेक्ष व्यवस्थाले कम्युनिस्ट र कांग्रेसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको छ ।’

संघीयता र लोकतन्त्रले नेपाली जनतालाई के दियो भन्दै प्रश्न सांसद लिङ्देनले गरे।

कार्यक्रममा झापाका सबै स्थानीय तहबाट सर्वसाधारण ¥यालीमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...