झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

 लिम्बुवान न्युज
                       

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो ।

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता खारेज गर्नुपर्ने भन्दै राप्रपाले शनिबार झापामा प्रदर्शन गरेको हो।

नेपालको लोकतन्त्रले भ्रष्टाचार मौलाउन बल पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनले बताए। उनले सभामा भने, ‘अहिलेको लोकतन्त्र, संघीयता र धर्मनिरपेक्ष व्यवस्थाले कम्युनिस्ट र कांग्रेसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको छ ।’

संघीयता र लोकतन्त्रले नेपाली जनतालाई के दियो भन्दै प्रश्न सांसद लिङ्देनले गरे।

कार्यक्रममा झापाका सबै स्थानीय तहबाट सर्वसाधारण ¥यालीमा सहभागी भएका थिए ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...