विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता तरङदिङ ताङसाङ चरणमा प्रवेश
आइतबार, २१ मंसिर, २०७७ बिहानको १२:४८ बजे,
लिम्बुवान न्युज
दमक। विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरणबाट तेस्राे तरङदिङ ताङसाङ चरणामा प्रवेश गरेको छ ।
शनिबारबाट विश्वव्यापी अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ इक्सादिङ चरण पार गर्दै तरङदिङ ताङसाङ चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत इक्सादिङ चरणमा सहभागी २० जना प्रतियोगीहरु मध्येबाट तरङदिङ ताङसाङ चरणमा प्रवेश हुने १० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका हुन् ।
तरङदिङ ताङसाङ चरणमा सीता पिरती (ताप्लेजुङ), मन कुमार तुम्रोक (पान्थर), एस.बि गोधुली (ईलाम), मचिन्द्र लोवा सेमि (पान्थर), कुमार बि.क (तेह्रथुम),लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ), लक्ष्मी नेम्वाङ (पान्थर), लोकेन्द्र देवान ‘अशिम’ (धनकुटा), के. बि किराँती (ताप्लेजुङ) र लक्ष्मी माङ चेम्जोङ (पान्थर) प्रवेश गरेका छन् ।
याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको आयोजनामा जनम लिङ्दम हाङ्साको संयोजकत्वमा सञ्चालन भइरहेको याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार ३० हजार सहित प्रमाणपत्र, उपविजेता हुनेले नगद पुरस्कार २० हजार सहित प्रमाणपत्र, तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र सान्तवना हुनेले नगद पुरस्कार ५ हजार सहित प्रमाणपत्र हात पार्नेछन् ।
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...