मुख्यमन्त्री कार्यालयमा बुझायाे जनमुक्तिले ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

बिराटनगर । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनमुक्तिको कुरा सुन्न आँट नगरेको बताएका छन् ।

विहीबार प्रदेश नं. १ विराटनगरमा ज्ञापनपत्र बुझाएपछि गरिएको कोणसभामा अध्यक्ष पालुङ्वाले किरात लिम्बूवान–खम्बूवान एकमात्र प्रदेशको नाम भएको हुँदा यसलाई सहमति गरेर लैजान मुख्यमन्त्री राईलाई आग्रह गरे ।

अध्यक्ष पालुङ्वाले वैकल्पिक शक्तिको रुपमा उभिएको जनमुक्ति र यसले उठाएका विचार नेपाली जनताको भावनासँग मिल्ने भएको हुँदा जनमुक्तिका विचारलाई स्मरण गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन पुगेका पार्टी कार्यकर्तासहितको टोली मुख्यमन्त्रीको कार्यालयमा पुग्दा उनी नभएपछि उनका सचिव दिनेश उप्रेतीलाई बुझाइएको थियो ।

कोणसभामा पार्टीका केन्द्रीय सचिव बलदीप राईले पहिचानसहितको राज्य निर्माणमा कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरे । मोटरसाईकलको र्यालीसहित बिराटनगर पुगेको टोलीले महेन्द्र चौकमा एक घण्टा कोणसभाको आयोजना गरेको थियो ।

कोणसभामा पार्टी केन्द्रीय उपाध्यक्ष प्रकाश येङदेन, सचिव विष्णु थाम्देन, महिला नेतृ मीना पन्धाक, संघीयसभा सदस्य शान्तिदेवी राई, राजेन्द्र माखिम, राज खम्बू, युवा संयोजक चित्रहाङ मगर, झापा जिल्ला अध्यक्ष भवानी सेलिङ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...