“नेकपाको कारण जनताले ल्याएको संघीयता खतरामा परेको छ”–कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

काठमाडौं। यतिवेला जाडो मौसमसँगै देशमा राजनैतिक गर्मागरमी बढेको छ । सत्तरुढ नेकपा सरकार आफ्नै पार्टी खिचलोमा फसेको छ भने राप्रपा लगायत हिन्दुवादी संघसंगठन संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनःस्थापना माग गर्दै देशैभरी जनप्रदर्शन गरिरहेको छ ।

वर्तमान नेकपाको कारण देशमा राजावादीहरुको प्रदर्शनले जनताले अढाईसय बर्षमा ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले आफ्नाे सामाजिक संजालमा लेख्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लोकतन्त्रमा आ–आफ्नो माग राख्न पाइन्छ तर त्यो माग सही या गलत हो सरकारले अनुगमन गर्नु जरुरी रहेकाे लेखेका छन् ।

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीहरुले राजाको पक्षमा भन्दा पनि संघीयताको विरुद्धमा चर्को नाराहरु लगाइरहदा सरकार मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । संसारमा कही नभएको संवैधानिक राजाको खोजी गर्नु कति तर्कसंगत हो त ? -उनले सरकारलाई प्रश्न गरेका छन् । संवैधानिक राजा ल्याएर खोपीको देवता बनाएर राख्न संघीय विराेधीहरु आतुर भएको उनको जिकीर छ ।

लामो संघर्ष र जनताको बलिदानी पछि आएको संघीयताको विरुद्ध यसरी नै नारा लागि रहे तमाम संघीयवादी, आदिवासी, खस, मधेशी, थारु, मुश्लिम समुदाय टुलुटुल हेरेर बस्न नसक्ने अध्यक्ष लिङदेनले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...