“नेकपाको कारण जनताले ल्याएको संघीयता खतरामा परेको छ”–कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

काठमाडौं। यतिवेला जाडो मौसमसँगै देशमा राजनैतिक गर्मागरमी बढेको छ । सत्तरुढ नेकपा सरकार आफ्नै पार्टी खिचलोमा फसेको छ भने राप्रपा लगायत हिन्दुवादी संघसंगठन संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजतन्त्र पुनःस्थापना माग गर्दै देशैभरी जनप्रदर्शन गरिरहेको छ ।

वर्तमान नेकपाको कारण देशमा राजावादीहरुको प्रदर्शनले जनताले अढाईसय बर्षमा ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले आफ्नाे सामाजिक संजालमा लेख्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लोकतन्त्रमा आ–आफ्नो माग राख्न पाइन्छ तर त्यो माग सही या गलत हो सरकारले अनुगमन गर्नु जरुरी रहेकाे लेखेका छन् ।

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीहरुले राजाको पक्षमा भन्दा पनि संघीयताको विरुद्धमा चर्को नाराहरु लगाइरहदा सरकार मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । संसारमा कही नभएको संवैधानिक राजाको खोजी गर्नु कति तर्कसंगत हो त ? -उनले सरकारलाई प्रश्न गरेका छन् । संवैधानिक राजा ल्याएर खोपीको देवता बनाएर राख्न संघीय विराेधीहरु आतुर भएको उनको जिकीर छ ।

लामो संघर्ष र जनताको बलिदानी पछि आएको संघीयताको विरुद्ध यसरी नै नारा लागि रहे तमाम संघीयवादी, आदिवासी, खस, मधेशी, थारु, मुश्लिम समुदाय टुलुटुल हेरेर बस्न नसक्ने अध्यक्ष लिङदेनले आफ्नो सामाजिक संजालमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...