आज बालुवाटारमा सर्बदलीय बैठक हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड विच दुरी बढ्दै गएपछि आज अचानक प्रधानमन्त्रीले बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गईरहेको र देशमा जनताले ल्याएको गणतन्त्रको विरुद्ध देशव्यापी रुपमा चलखेल भईरहेको विषम परिस्थिति, आफ्नै दलमा चारैतिरबाट घेराबन्दीमा पारिएका प्रधानमन्त्रीले अन्ततः बाध्यात्मक अवस्था सिर्जना भएर नै सर्वदलीय बैठक डाकिएको हुन सक्ने बुझिएको छ ।

कोरोना भाइरसले देश आक्रन्त भईरहेको बेला सरकारले बलियो सर्वदलीय संयन्त्र बनाउनु पर्ने कार्यकारी अध्यक्ष प्रचण्डले औलाएका थिए । तर सो प्रस्तावको प्रधानमन्त्री र उनी निकटस्थहरुले त्यसलाई सरकार विरुद्धको कदम हो भनेर अस्वीकार गरिरहेका थिए । विश्वलाई नै चुनौती दिदै कोरोना कहर बढेपछि वर्तमान सरकार झस्किएको बुझिन्छ । सरकारको असक्षमतालाई लक्षित गर्दै सत्तारुढ नेकपामा विवादहरु चुलिदै गएपछि एकाएक सर्वदलीय बैठक बलाउने प्रधानमन्त्रीको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा विवाद उत्कर्समा पुग्दै गर्दा पटकपटकको सचिवालय बैठक र हालै बसेको स्थायी कमिटी बैठकबाट पनि सर्वदलीय बैठकको खाँचो कार्यकारी अध्यक्ष प्रचण्डले औलाएसँगै एकाएक बैठक डाकिएको हो ।

पछिल्लो चरणमा देशको विभिन्न स्थानमा राजतन्त्र, हिन्दु धर्म, २०४६ सालको संविधान लागू गर्न र एकात्मक राज्यको वकालत गर्दै जनताको बलबाट आएको गणतन्त्र र लेखिएको संविधानको समेत विरोध हुन थालेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...