आज बालुवाटारमा सर्बदलीय बैठक हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड विच दुरी बढ्दै गएपछि आज अचानक प्रधानमन्त्रीले बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गईरहेको र देशमा जनताले ल्याएको गणतन्त्रको विरुद्ध देशव्यापी रुपमा चलखेल भईरहेको विषम परिस्थिति, आफ्नै दलमा चारैतिरबाट घेराबन्दीमा पारिएका प्रधानमन्त्रीले अन्ततः बाध्यात्मक अवस्था सिर्जना भएर नै सर्वदलीय बैठक डाकिएको हुन सक्ने बुझिएको छ ।

कोरोना भाइरसले देश आक्रन्त भईरहेको बेला सरकारले बलियो सर्वदलीय संयन्त्र बनाउनु पर्ने कार्यकारी अध्यक्ष प्रचण्डले औलाएका थिए । तर सो प्रस्तावको प्रधानमन्त्री र उनी निकटस्थहरुले त्यसलाई सरकार विरुद्धको कदम हो भनेर अस्वीकार गरिरहेका थिए । विश्वलाई नै चुनौती दिदै कोरोना कहर बढेपछि वर्तमान सरकार झस्किएको बुझिन्छ । सरकारको असक्षमतालाई लक्षित गर्दै सत्तारुढ नेकपामा विवादहरु चुलिदै गएपछि एकाएक सर्वदलीय बैठक बलाउने प्रधानमन्त्रीको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा विवाद उत्कर्समा पुग्दै गर्दा पटकपटकको सचिवालय बैठक र हालै बसेको स्थायी कमिटी बैठकबाट पनि सर्वदलीय बैठकको खाँचो कार्यकारी अध्यक्ष प्रचण्डले औलाएसँगै एकाएक बैठक डाकिएको हो ।

पछिल्लो चरणमा देशको विभिन्न स्थानमा राजतन्त्र, हिन्दु धर्म, २०४६ सालको संविधान लागू गर्न र एकात्मक राज्यको वकालत गर्दै जनताको बलबाट आएको गणतन्त्र र लेखिएको संविधानको समेत विरोध हुन थालेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...