कांग्रेसले २९ गते देशव्यापी विरोधसभा गर्नेः झापामा मोटरसाइकल र्याली हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर २९ गते देशको ७७ वटै जिल्लाहरुमा शक्ति प्रदर्शन गर्नेभएको छ । तनहुँमा आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि अपमानजनक ढंगले गिरफ्तार गरेको प्रति खेद व्यक्त गर्दै उक्त प्रदर्शन गर्न लागिएको हो ।

जनताको बलबाट ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बद्र्धन, कोभिड–१९ को उपचार र नियन्त्रण गर्न सरकार चुकेको, सरकार भ्रष्टचार र कमिशनको दलदलमा फसेको कांग्रेसले आरोप लगाएको छ ।

त्यसैगरी स्थगित गरिएको संघीय संसदको बैठक अविलम्ब बोलाउन साथै नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेललाई तनहुँमा गरिएको दुव्र्यवहारको विरुद्धमा देशैभरी विरोधसभा आयोजना गरिएको जनाएको छ ।

यसैगरी नेपाली कांग्रेस झापा जिल्ला समितिले भने आगामी २९ गते मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ । सरकारलाई दबाद दिन कन्काईको सुरुंगाबाट विर्तामोडसम्म मोटरसाइकल र्यालीको आयोजना गरी मुक्तिचोकमा विरोधसभा गर्ने जिल्ला सभापति उद्धव थापाले बताएका छन् ।

गत आइतबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भारतेन्द्रकुमार मल्लिक, आमन्त्रिक केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, दिलीप राई, पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायत महासमिति सदस्य, जिल्ला कमिटी, प्रदेश कमिटी, महाधिवेशन प्रतिनिधिहरु, शुभेच्छुक र भातृ संगठन प्रमुखहरुको सहभागीता रहेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...