राष्ट्रिय सङ्कल्पको खाँचो।

 भानु भट्टराइ
                       

नेपाली जनताले अपेक्षा गरेको राष्ट्रिय स्थिरता र सुशासनमा ठुलो संकट सृजना भएको छ । नेपाली जनताको सदियौ वर्ष पुरानो आशा, भरोसा र विश्वासमा कालो बादल को धब्बा मडारिएको छ । नेपालको राजनैतिक मञ्च मा आसिन राजनैतिक दलको क्रियाकलाप, गतिविधि र दक्षतामा प्रश्न चिन्ह खडा भएको छ । नेपालका प्रमुख राजनैतिक पार्टीको गतिविधि देखेर नेपाली जनता मणि झिकिएको नाग जस्तै भएका छन। नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ साल देखि २०६२र६३ को आन्दोलन सम्म साथ र समर्थन दिएका नेपाली जनता अहिले रणभुल्लमा परेका छन । नेपालको प्रजातान्त्रिक आन्दोलनबाट बनेका हरेक सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागी कम्युनिस्ट पार्टीको प्रष्ट बहुमतको वर्तमान सरकारको असली रूप देखिएको छ। नेपाली जनतालाई मिठा र जोसिला भाषणले आकर्षित गर्ने नेपालका कम्युनिष्ट पार्टीको बास्तविक रूप र व्यवहार छर्लङ्ग भएको छ । आफूलाई सर्वहारा, मजदुर र किसानको प्रतीकको रुपमा लिने नेपाली कम्युनिस्ट पार्टीको राजनैतिक खिचातानी ले नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि नै धरापमा परेको छ। वर्तमान के पी ओलीको सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्न र नेपाली जनतालाई स्वास्थ्य उपचारको सुनिश्चितता दिनुको सट्टा यस महामारीलाई भ्रष्टाचार गर्ने सुनौलो अवसरको रूपमा लिएको छ । नेकपा पार्टीले आफ्नो चुनावी घोषणा पत्र मा उल्लेख गरिएका प्रतिबद्धता केवल भाषणमा मात्र सिमित राखेको छ । २०७२ सालको संविधानको मर्म र भावनामा गंभीर चोट लागेको छ । नेपालको संविधान ले निर्देशित स्थानिय तह,संघीय सरकार र केन्द्र सरकार भ्रष्टाचार मा चुर्लुम्म डुबेको छ । विश्व रंग मञ्चमा नेपाल भ्रष्टाचारीको देस भनी परिचित र परिभाषित भएको छ । सरकारका अङ्गहरु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकानै लर्बरिएको अवस्थामा छ । सरकार प्रमुखको सरकार सञ्चालन गर्ने तौर तरिका र विश्वासमा संकट पैदा भएको छ। राष्ट्र प्रमुख महामहिम राष्ट्रपतिको भूमिका विवादमा परेको छ । राष्ट्रपति राष्ट्रको पति, अभिभावक हुनुको सट्टा कुनै एक दलको आन्तरिक मामलामा सक्रिय भएकोले राष्ट्रपतिको महत्व र उचाई नै घटेको छ। सम्माननीय राष्ट्रपतिले नेकपाको आंतरिक मामिलामा मात्र सक्रिय हुँदा वर्तमान राष्ट्रपति नेकपा पार्टीको केन्द्रीय सल्लाहकार हो की नेपाल र सारा नेपालीको राष्ट्रपति हो भन्ने आम मानिसमा जिज्ञासा पैदा गराएको छ। राष्ट्रपतिको गरिमामय पदको बेवास्था गरी दुरुपयोग गरिएको छ । सरकारले आफ्नो परराष्ट्र नीति र प्रोटोकलको उलङ्घन गरेको छ । नेकपाको आंतरिक मामिलामा चिनीया राजदूतको प्रत्यक्ष हस्तक्षेप देखिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउन र समर्थन जुटाउनमा सक्रिय भएकी छिन् चिनीया राजदूत । यसले नेपालको असंलग्न परराष्ट्र नीतिको उलङ्घन भएको छ । कुनै एक देशको राजदूतलाई आफ्नो देशको मुख्य राजनैतिक दलले आफनो दलको दलित झगडा र सरकारको आंतरिक मामिलामा प्रत्यक्ष चलखेल गर्न दिनुले राजनैतिक दलको विश्वसनीयता र सक्षमता मा प्रश्न चिन्ह खडा भएको छ। ठूलो बलिदानीबाट प्राप्त नेपालको राजनैतिक उपलब्धिको अपव्याख्या भएको छ । नेपाली जनताका न्युनतम् आवश्यकता स्वास्थ्य, शिक्षा, रोजगारको कुनै सुनिश्चितता छैन । लाखौं लाख नेपाली युवा आफ्नो सुन्दर भविष्यको सपना कोर्न अरबी मरूभूमिमा रगतसँग श्रम साट्न विवस भएका छन् । अरबी मरूभूमिमा कष्टकर श्रम गरी पठाएको रेमिटेन्स खाएर नेपाली राजनैतिक दलका नेता किर्ना जस्तै उटुस – मुटुस् भएका छन् । चुनाबी समयमा नेपाललाई स्वीजरल्याण्ड बनाइदिने र नेपाली जनतालाई यूरोप र अमेरिका का जनताजस्तै सेवा सुविधा दिने बाचा र प्रतिबद्धता बालुवाको महल जस्तै भएको छ। वर्तमान सरकारले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बिर्सिएको अनुभूति भएको छ । दुई महान् शक्ति राष्ट्रहरूको बीचमा रहेको नेपालले दुवै शक्ति राष्ट्रको विकास, उन्नति र प्रगतिलाई आत्मसाथ गरेर त्यसको उपलब्धिलाई नेपालको विकास, प्रगति र अग्रगमनको लागि मार्गदर्शन लिनु जरुरी हुन्छ । प्राकृतिक सम्पदाले विभूषित हाम्रो देशमा असंभव भन्ने केही छैन । जलस्रोत, जडीबुटी, खनिज पदार्थ र पर्यटनको प्रचुर सम्भावना रहेको छ । समस्या आफैं एकलै मात्र आउँदैन समाधान साथ साथै ल्याएको हुन्छ पहिचान गर्न या छुट्याउन सक्नु पर्छ । सम्भावना नै सम्भावना को देशमा मात्र असल राजनैतिक चरित्रको खाँचो रहेको छ। राष्ट्रको विकास, समुन्नति, स्थिरता, सुसासन र अग्रगमनको लागि सबै नेपालीहरुको माझमा एकता, इच्छाशक्ति, लक्ष, उदेश्य, परिकल्पना, नीति, रणनिती र आम सहमतिको आवश्यकता पर्छ । दलगत स्वार्थ लाई त्यागी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेमा नेपालको विकास र समृद्धिको सपना टाडा छैन । हाम्रो मान्छे राम्रो मान्छे नभनेर राम्रो मान्छे नै हाम्रो मान्छे हुन्छ भनी सरकारका हरेक अङ्ग मा नियुक्ति गरेमा राष्ट्रिय संवृद्धि को गोरेटो दर्विलो हुन् सक्छ । सुन्दर नेपाल र सुखी नेपालीको नारा लाई सार्थक बनाउन राष्ट्रिय सङ्कल्प को खाचो भई सकेको छ। हामी नेपालीले नेपालको लागि नसोचे कहाँको लागि सोच्ने? वर्तमानमा नसोचे कहिले सोच्ने? आजै बाट प्रण गर्ने हो कि ?

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...