सगरमाथा (चोमोलुङमा) को उचाइ ८८४८.८६ मिटर कायम

,   लिम्बुवान खबर
                       

काठमाडौं । नेपाल र नेपालीको सान विश्वकै सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा)को उचाइ ८६ सेन्टिमिटर बढेको छ । सर्वाधिक चासोको रुपमा नेपाली जनताले लिएको सगरमाथाको नयाँ उचाई नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ अब ८८४८.८६ मिटर पुगेको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ उचाइ घोषणा गरेसँगै यसले मान्यता पाएको बताएका छन् ।

यद्यपी उचाइ मापन भने नेपाल र चीनले बेग्लाबेग्लै गरेको हो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेर चिनीयाँ समकक्षी प्राविधिक र निर्देशक समिति तहमा नै छलफल गरेको सार्वजनिक गरिएको विभागले जनाएको छ ।

गत मंसिर १० मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको हो तर चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको थियो ।

हालसम्म विश्वले मान्दै आएको उचाइ ८८४८ मिटर सर्वे अफ इन्डियाले सन् १९५४ मा नापेको हो । सगरमाथाको उचाइबारे विवादित अवस्थामा पुगेपछि नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेर हालसम्म सोही उचाइलाई कायम गरिएको थियो । त्यसपछि सन् २०१९ को अक्टोबरमा सगरमाथाको उचाइ नाप्न नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति भएको थियो ।

आदिवासी किरात राईहरुले सगरमाथाको ऐतिहासिक नाम चोमोलुङ्मा मान्छन् । सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेष्टको नाममा माउन्ट एभरेष्ट नामाकरण गरिएको थियो । त्यस पछि सन् १९५६(वि.सं. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथा नामाकरण गरेका हुन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;