१४औं महाधिवेशनको मिति सार्ने तयारीमा कांग्रेस

 लिम्बुवान न्युज
                       

काठमाडौं। कोरोना भाइरसको संक्रमण नरोकिएसँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अनिश्चित बन्दै गईरहेको छ । कोभिड १९ अझै पनि नियन्त्र बाहिर रहेको हुँदा महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो । असार २२ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।

सो कार्यतालिका अनुसारको क्रियाशीय सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका कोरोनाले प्रभावित भएको जनाउँदै साथै पार्टीको क्रियाशीय सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि जिल्ला, स्थानीय तह तथा अन्य भातृ संगठन लगायतका संगठनहरुको अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।

अब यहि मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । विधान सम्मत हो भने अनुसार आगामी फागुन २० गतेसम्म १४औँ महाधिवेशन गरिसक्नु पर्ने हुन्छ ।

कांग्रेसको विधान अनुसार हो भने पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुन्छ तर कहि कतै विसम परिस्थितिमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्म समयावधी लम्ब्याउन सक्ने उल्लेख छ ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गते ४ दिन सम्म काठमाडौँमा भएको थियो ।
कोरोना कहरको जटिल परिस्थिति र नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने जनाएको छ ।

क्रियासिल सदस्य नविकरणमा ढिलाई भइरहेको साथै विभिन्न पार्टीबाट कांग्रेसमा समाहित भएका समेतलाई क्रियासिल दिन ढिलाई भइरहेको हुँदा थप काम गर्न समेत असर परेसँगै कांग्रेसको महाधिवेशन सर्न सक्ने आकलन गर्न सकिन्छ । त्यसैगरी सप्तरी, बारा र सिन्धुपाल्चोक जिल्लाहरुमा पार्टी समायोजन कार्य समेत प्रभावित भएको हुँदा महाधिशेवन सम्पन्न गर्न समय नपुग्ने जनाउँदै पर सार्ने तयारी कांग्रेसले गरेको जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...