किरात धर्मगुरु फाल्गुनन्दको तस्वीर प्रयोग नगर्न किरात संस्थाहरुको अनुरोध

,   लिम्बुवान न्युज
                       

दमक। १६औं राष्ट्रिय बिभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको तस्वीर हिन्दु धार्मिक गतिविधिहरुमा समेत अनाधिकृत रुपमा समावेश गरिदै आएको प्रति सम्बद्ध धार्मिक संस्थाहरुले आपत्ति जनाएका छन् ।

२०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलन मार्फत देशले २०७२ साल असोज ३ गते धर्मनिरपेक्षतालाई अंगिकार गरेको वर्तमान अवस्थामा पछिल्ला केहिदिन यता काठमाडौं सहित देशैभरी हिन्दु धर्म तथा राजसंस्थाको पक्षमा जनप्रर्दशन हँुदैआएको र त्यस्ता प्रदर्शनमा किरात धर्मका महागुरुको समेत तस्वीर समावेश गरि दुरुपयोग भएको भन्दै धार्मिक संस्थाले आपत्ति जनाएका हुन् ।

किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले आज जारी गरेको विज्ञप्तिमा मुलुकमा स्थापित संघीयता, लोकतान्त्रिक, गणतन्त्र, धर्म निरपेक्षता र मुलुकको समृद्धि, शान्ति र अमनचयन नचाहने केही प्रतिक्रियाबादी अति हिन्दुबादी तत्वहरूले मुलुकलाई हिन्दुराष्ट्र कायम गर्न र धर्म निरपेक्षताको संबैधानिक ब्यबस्थालाई खारेज गर्न माग गर्दै सनातन संस्कृति समाज नेपाल, केन्द्रीय समितिले किरात धर्मदर्शनका पुर्नरुत्थानकर्ता राष्ट्रिय बिभूति महागुरुको तस्वीरलाई अनाधिकृत तवरले आफ्नो ब्यानरमा राखेर दुरुपयोग गर्दै आएको उल्लेख छ ।

धर्म निरपेक्षताको संबैधानिक ब्यबस्था स्थापित गर्न किरात धर्मका अनुनायीहरुको समेत उतिकै योगदान रहेको स्मरण गर्दे संघले त्यस विरुद्धको गतिविधिमा किरात धर्मावलम्बीहरुको साथ र सहयोग नरहने स्पष्ट पारेको छ ।

राप्रपाले केहिदिन अघि झापामा गरेको हिन्दु राष्ट्र कायम गर्न माग राख्दै निकालेको शक्ति प्रर्दशनमा समेत महागुरुको तस्वीर राखेको पाईएपछि संघले आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, –‘केही दिनदेखि भईरहेको तथाकंथित आन्दोलनको हामी किरात धर्मावलम्बीहरुको तर्फबाट घोर भत्सर्ना गर्दछौं ।’
हिन्दु धर्मका ब्यानरमा महागुरु फाल्गुनन्दको तस्वीर नहटाएको खण्डमा कानुनी प्रक्रियामा अघि बढ्न बाँध्य हुनुपर्ने समेत संघद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;