मोरङकाे ३ स्थानीय तहमा लिम्बुवान मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला समितिले मोरङ् जिल्लाको विभिन्न तीन स्थानीय तहमा अगुवा नेता तथा कार्यकर्ता भेटघाट तथा राजनैतिक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शनिबार एकै दिन गरिएको उक्त कार्यक्रमहरु पथरीशनिश्चरेको सिरीजंगा पार्क, लेटाङकाे गुवाबारी सामुदायिक बनको प्राङगण र मिक्लाजुङ्े टाँडीको धोबेनीमा अन्तरक्रिया सम्पन्न भएको छ ।

तीन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अब देशको राजनीति अत्यन्तै गम्भीर संकटमा परेको हुँदा वर्तमान नेकपा सरकारले देशको अर्थतन्त्र तहसनहस बनाई सकेको बताएका छन् । उनले अझ थपे कोरोनाको यो अवस्थामा सरकारले कोभिड भएका गम्भीर बिरामी भएका मात्र अस्पताल जानु भन्ने अभिव्यक्ति दिएर जनताहरुलाई निराश पारेका छन् । आफूआफू भित्रको लडाईले देशलाई धारासायी बनाएको बेला पहिचान, संघीयता, समावेशी, धर्मनिरपेक्षतावादी र सह–अस्तित्ववादी हामी तमाम नागरिकहरु अब एक भएर सरकारको विरुद्ध लड्न तमतयार हौं । अबको देशमा परिवर्तन जरुरी भएको बताएका छन् । गाँउगाउँ बस्ती बस्तीबाट परिवर्तन हुनु जरुरी भएको हुँदा सबैलाई पहिचानको आन्दोलनमा सरिक हुन अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

 

कार्यक्रममा पश्चिम खसान कर्णालीबाट आउनु भएका खसान संघर्ष समितिका उपाध्यक्ष रघुविर सिंह ठगुन्नाले खस आर्यलाई एउटै कलस्टरमा राखेर खसहरु माथि अन्याय गरिएको हुँदा १ हजार बर्षसम्म एउटै चुनावचिन्हमा चुनाव लड्ने मोर्चा सहित खसान देखि लिम्बुवानसम्म आईपुगेको बताएका छन् । त्यसैगरी दलित शिल्पी मञ्चका उपाध्यक्ष बलराम सदा र महासचिव शर्मिला वागचन्द द्वयले राज्यले दलित शिल्पीहरुलाई अनागरिकको दर्जा दिएको हुँदा त्यसको विरुद्ध पहिचानको राजनीतिमा जोडिएको बताउनु हुँदै जबसम्म दलित शिल्पी माथि राज्यले दमन र शोषण गर्छ आन्दोलन निरन्तर जारी रहने बताए ।

खसान संघर्ष समित उपाध्यक्षः रघीविर संह ठगुन्ना

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव दिल कुमार लावती, संघीय अर्थ सचिव विष्णु यक्सो, लिम्बुवान सचिवालय सदस्य सुख बहादुर थेगीम, रामचन्द्र थापा मगर, संघीय सदस्य चन्द्र कन्दङ्वा, सुर्य लिम्बुवान लगायत नेताहरुको समेत सहभागीता रहेको थियो ।

त्यसैगरी लेटाङमा विभिन्न पार्टी परित्याग गरी पन्ध्रजना युवाहरु लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नुहुने महानुभावहरुमा राममसेर राई, दल बहादुर लिम्बु, अर्जुन राई, टेक बहादुर श्रेष्ठ, ओमप्रसाद ढकाल, आमे प्रसाद लिम्बु, राम चाम्लीङ्, रमेश चेम्जोङ्, गोरा थाम्देन, शैलिङ् पारघरी, रुप बहादुर तामाङ्, मंगलसिं लावती, मन कुमार लावती, कुल प्रसाद तामाङ् र जसबहादुर तामाङ् रहुनुभएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...