मोरङकाे ३ स्थानीय तहमा लिम्बुवान मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

पथरी। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ् जिल्ला समितिले मोरङ् जिल्लाको विभिन्न तीन स्थानीय तहमा अगुवा नेता तथा कार्यकर्ता भेटघाट तथा राजनैतिक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

शनिबार एकै दिन गरिएको उक्त कार्यक्रमहरु पथरीशनिश्चरेको सिरीजंगा पार्क, लेटाङकाे गुवाबारी सामुदायिक बनको प्राङगण र मिक्लाजुङ्े टाँडीको धोबेनीमा अन्तरक्रिया सम्पन्न भएको छ ।

तीन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अब देशको राजनीति अत्यन्तै गम्भीर संकटमा परेको हुँदा वर्तमान नेकपा सरकारले देशको अर्थतन्त्र तहसनहस बनाई सकेको बताएका छन् । उनले अझ थपे कोरोनाको यो अवस्थामा सरकारले कोभिड भएका गम्भीर बिरामी भएका मात्र अस्पताल जानु भन्ने अभिव्यक्ति दिएर जनताहरुलाई निराश पारेका छन् । आफूआफू भित्रको लडाईले देशलाई धारासायी बनाएको बेला पहिचान, संघीयता, समावेशी, धर्मनिरपेक्षतावादी र सह–अस्तित्ववादी हामी तमाम नागरिकहरु अब एक भएर सरकारको विरुद्ध लड्न तमतयार हौं । अबको देशमा परिवर्तन जरुरी भएको बताएका छन् । गाँउगाउँ बस्ती बस्तीबाट परिवर्तन हुनु जरुरी भएको हुँदा सबैलाई पहिचानको आन्दोलनमा सरिक हुन अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

 

कार्यक्रममा पश्चिम खसान कर्णालीबाट आउनु भएका खसान संघर्ष समितिका उपाध्यक्ष रघुविर सिंह ठगुन्नाले खस आर्यलाई एउटै कलस्टरमा राखेर खसहरु माथि अन्याय गरिएको हुँदा १ हजार बर्षसम्म एउटै चुनावचिन्हमा चुनाव लड्ने मोर्चा सहित खसान देखि लिम्बुवानसम्म आईपुगेको बताएका छन् । त्यसैगरी दलित शिल्पी मञ्चका उपाध्यक्ष बलराम सदा र महासचिव शर्मिला वागचन्द द्वयले राज्यले दलित शिल्पीहरुलाई अनागरिकको दर्जा दिएको हुँदा त्यसको विरुद्ध पहिचानको राजनीतिमा जोडिएको बताउनु हुँदै जबसम्म दलित शिल्पी माथि राज्यले दमन र शोषण गर्छ आन्दोलन निरन्तर जारी रहने बताए ।

खसान संघर्ष समित उपाध्यक्षः रघीविर संह ठगुन्ना

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव दिल कुमार लावती, संघीय अर्थ सचिव विष्णु यक्सो, लिम्बुवान सचिवालय सदस्य सुख बहादुर थेगीम, रामचन्द्र थापा मगर, संघीय सदस्य चन्द्र कन्दङ्वा, सुर्य लिम्बुवान लगायत नेताहरुको समेत सहभागीता रहेको थियो ।

त्यसैगरी लेटाङमा विभिन्न पार्टी परित्याग गरी पन्ध्रजना युवाहरु लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नुहुने महानुभावहरुमा राममसेर राई, दल बहादुर लिम्बु, अर्जुन राई, टेक बहादुर श्रेष्ठ, ओमप्रसाद ढकाल, आमे प्रसाद लिम्बु, राम चाम्लीङ्, रमेश चेम्जोङ्, गोरा थाम्देन, शैलिङ् पारघरी, रुप बहादुर तामाङ्, मंगलसिं लावती, मन कुमार लावती, कुल प्रसाद तामाङ् र जसबहादुर तामाङ् रहुनुभएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;