माङसेबुङमा बान्तावा भाषा शिक्षक छनोट सम्पन्न

,   लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङ्सेबुङ ६ मा बान्तावा भाषा शिक्षक प्रतिस्पर्धाबाट छनोट गरिएको छ । चिसोपानी माविमा बान्तावा भाषा शिक्षणको लागि लिखित र मौखिक परीक्षा लिई शिक्षक छनोट गरिएको हो ।

सो शिक्षक पदका लागि भएको प्रतिष्पर्दामा शान्ताकला राई शिक्षिकाको रूपमा छनौट भएको उक्त विद्यालयका शिक्षक सुदीप सिप्तुङखा राईले बताए । चार जना प्रतिस्पर्धी उम्मेदवारहरूमध्येबाट राईलाई छनोट गरिएको हो । उक्त भाषा शिक्षकको अन्य उम्मेदवारहरूमा रश्मी राई, गुञ्जकुमार राई र सविना राई रहेका थिए । वैकल्पिक शिक्षकको रूपमा गुञ्जकुमार राई छानिएका छन् ।

शिक्षक छनोट सोही विद्यालयमा कार्यरत विषय विज्ञ रिपल राईले लिखित परीक्षा लिनुभएको थियो भने अन्तरवार्ता प्रधानाध्यापक तिलविक्रम सुब्बा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्योतिकुमार राई र गाउँपालिका शिक्षा शाखा प्रमुख टंक खरेलले लिनुभएको थियो ।

छनोट हुनुभएको शिक्षकलाई प्रावि तहको तलबभत्ता गाउँपालिकाको अनुदानबाट दिइने शिक्षा शाखा प्रमुख खरेलले बताए ।

सम्बन्धित समाचार

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

;