कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

 लिम्बुवान न्युज
                       

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य शहरहरुमा एकै पहिलो पल्ट सरकार विरुद्ध प्रर्दशन गरेको हो ।

गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिका १ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटन गर्न गएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी अपमान गर्दै प्रहरीले नियन्त्रणमा लिएपछि प्रतिपक्षी दल सरकारसँग आक्रमक भएको थियो । सो बिषयमा कांग्रेस र सत्तारुढ नेकपा बिच विवाद हुँदा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा लगाए पछि आन्दोलनलाई थप बल पु¥याएको भन्दै नेपाली कांग्रेसले आज देशै भरी शक्ति प्रर्दशन गर्दै बिरोध गरेको हो ।

झापाको सुरुगाबाट मोटरसाईकल र्याली विर्तामोडको मुक्ति चोक हुँदै विर्तामोडको सुगम पेट्रोल पम्प नजिकैको चौरीमा पुगेर सभामा परिणत भएको छ । कार्यक्रममा करिब १५ हजार कार्यकर्ताहरुको बिच बृहत विरोध सभा गरेको कांग्रेस झापाले जनाएको छ ।

उक्त सभालाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाश चरण महतले सम्बोधन गरेका थिए । झापाका १५ वटै स्थानीय तहबाट कार्यकर्ताहरु स्वतस्र्फूत उपस्थित भई वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा सरकारको विरुद्ध चर्को नारावाजी लगाएका थिए ।

सरकारले वर्तमान कोभिड १९ मा जनतालाई राम्रोसँग औषधीउपचार गर्न नसकेको प्रति पनि वक्ताहरुले लक्षित गरेर बोलेका थिए । सरकार यो बेला भ्रष्टचारमा लिप्त भएको हुँदा सामान्य विकास निर्माणमा समेत हस्तक्षेपकारी नीति अवलम्बन गरेसँगै आम नागरिक अब सडकमा आउने कांग्रेसले चेतावनी दिएको छ । नेताहरुले बरिष्ठ नेता पौडेल माथि भएको अपमान अब सहेर बस्न नसक्ने अब सरकारको विरुद्ध अन्य थाप कार्यक्रमहरु समेत ल्याउन सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...