कांग्रेसले ७५ वटा जिल्लामा गर्यो सरकार विरुद्ध प्रदर्शन, झापामा मोटरसाईकल र्याली

 लिम्बुवान न्युज
                       

काठमाडौं। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशको ७५ वटा जिल्लामा शक्ति प्रदर्शन गरेको छ । बझाङ र मुस्ताङ बाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ प्रदेशका ७५ वटा जिल्ला र विभिन्न मूख्य शहरहरुमा एकै पहिलो पल्ट सरकार विरुद्ध प्रर्दशन गरेको हो ।

गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिका १ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटन गर्न गएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी अपमान गर्दै प्रहरीले नियन्त्रणमा लिएपछि प्रतिपक्षी दल सरकारसँग आक्रमक भएको थियो । सो बिषयमा कांग्रेस र सत्तारुढ नेकपा बिच विवाद हुँदा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा लगाए पछि आन्दोलनलाई थप बल पु¥याएको भन्दै नेपाली कांग्रेसले आज देशै भरी शक्ति प्रर्दशन गर्दै बिरोध गरेको हो ।

झापाको सुरुगाबाट मोटरसाईकल र्याली विर्तामोडको मुक्ति चोक हुँदै विर्तामोडको सुगम पेट्रोल पम्प नजिकैको चौरीमा पुगेर सभामा परिणत भएको छ । कार्यक्रममा करिब १५ हजार कार्यकर्ताहरुको बिच बृहत विरोध सभा गरेको कांग्रेस झापाले जनाएको छ ।

उक्त सभालाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाश चरण महतले सम्बोधन गरेका थिए । झापाका १५ वटै स्थानीय तहबाट कार्यकर्ताहरु स्वतस्र्फूत उपस्थित भई वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा सरकारको विरुद्ध चर्को नारावाजी लगाएका थिए ।

सरकारले वर्तमान कोभिड १९ मा जनतालाई राम्रोसँग औषधीउपचार गर्न नसकेको प्रति पनि वक्ताहरुले लक्षित गरेर बोलेका थिए । सरकार यो बेला भ्रष्टचारमा लिप्त भएको हुँदा सामान्य विकास निर्माणमा समेत हस्तक्षेपकारी नीति अवलम्बन गरेसँगै आम नागरिक अब सडकमा आउने कांग्रेसले चेतावनी दिएको छ । नेताहरुले बरिष्ठ नेता पौडेल माथि भएको अपमान अब सहेर बस्न नसक्ने अब सरकारको विरुद्ध अन्य थाप कार्यक्रमहरु समेत ल्याउन सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...