चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       

चुलाचुली। दक्षिणी इलामको चुलाचुलीमा संस्थागत रूपमा सक्रिय चुलाचुली रंगमञ्चले आफ्नो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।

चुलाचुली ४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले वताए ।

सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु ग्रिआएको छ । बार्षिकोत्सव कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गुँरास सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले गाउँमा नेपाली कला, साहित्यको विकासमा टेवा पुरयाँउन चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाखसम्मको बजेट निकासकाे निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

रंगमञ्चले यसअघि गतवर्षको ७ औं बार्षिकोत्सवमा भने श्रष्टा समेत रहेका मोरङ ,पथरीका पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान गरेको थियो ।२०६५ सालमा स्थापना भएको सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...