चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न

 लिम्बुवान न्युज
                       

चुलाचुली। दक्षिणी इलामको चुलाचुलीमा संस्थागत रूपमा सक्रिय चुलाचुली रंगमञ्चले आफ्नो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।

चुलाचुली ४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले वताए ।

सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु ग्रिआएको छ । बार्षिकोत्सव कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गुँरास सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले गाउँमा नेपाली कला, साहित्यको विकासमा टेवा पुरयाँउन चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाखसम्मको बजेट निकासकाे निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

रंगमञ्चले यसअघि गतवर्षको ७ औं बार्षिकोत्सवमा भने श्रष्टा समेत रहेका मोरङ ,पथरीका पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान गरेको थियो ।२०६५ सालमा स्थापना भएको सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...