माेरङकाे रतुवामाई नगरमा लिम्बुवानको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङको रतुवामाई नगरको इटहरामा संघीय लिम्बुवान मञ्च, नेपालले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो ।

कोरोना संक्रमणको विच पनि सामाजिक दुरी कायम गर्दै मञ्चले अहिले झापा, मोरङ् र सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै समिति गठनहरु समेत गरिरहेको छ ।

बुधबार इटहरामा भएको भेलाले हालको स्थानीय तह समायोजन भएपछि बनेको रतुवामाई नगरको शंकर थक्लुङ्को संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सहसंयोजक डम्बर आङबुहाङ, सचिव थुम बहादुर भण्डारी, अर्थसचिव भिम लिम्बु छन् भने त्यसैगरी सदस्यहरुमा कृष्णलाल लिवाङ, काली बहादुर लिवाङ, दिनेश लिवाङ, दिपाल माखिम, शिशिर राई, रत्न बहादुर लिम्बु, सुकराज नियोङ, लिलावती पोमु, रीता सावादेन र सुर्य वनेम रहेका छन् ।

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङहाङ, सचिव राजु राई, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको लिम्बुवान भोलेन्टियर्सका कमाण्डर राजु लिम्बुले बताए ।

त्यसैगरी सोमबार मञ्चले कानेपोखरी गाउँपालिकाको हरकपुरमा समेत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...