दमक अस्पताल आगलागी छानविन समितिको प्रतिवेदन सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो ।

घटनाका बिषयमा विस्तृत अध्ययन अनुसन्धान गरी प्रतिवेदन पेश गर्न दमक नगरपालिकाले दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, बिद्युत, औषधि सम्बन्धिका जानकार तथा अनुभवीहरु सम्मिलित एक छानबिन समिति गठन गरेको थियो ।

दमक अस्पताल सञ्चालक समितिले आज संक्षिप्त कार्यक्रम बीच सो सम्बन्धि घटनाको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यक्रममा अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी नगर उपप्रमुख गीता अधिकारीले अस्पताल भवनमा आगलागी हुनुका सम्भावित कारणहरु मध्ये अस्पताल भवनमा अर्थिङ नहुनुलाई औंल्याएको बताइन । अर्थिङ नभएको अवस्थामा बिद्युत भोल्टेज नियन्त्रणका लागि स्टेव्लाइजर समेत नभएका कारण अचानक बिद्युतीय कारणबाट सो घटना हुन पुगेको पनि औंल्याइएको छ । त्यस्तै एमसीबीको क्षमतालाई पनि कारणका रुपमा लिइएको छ ।
सो घटनाको छानबिन गर्न बनेको समितिका अतिरिक्त सम्बद्ध सबै पक्षलाई उपप्रमुख अधिकारीले धन्यवाद दिइन ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार आगलागीमा करिब ६० लाख बराबरको औषधि तथा औषधिजन्य विभिन्न सामग्रीहरु परेकोमा करिब २८ लाख ७८ हजार मुल्यको सामाग्री पुनः प्रयोगमा ल्याउन नसकिने गरि नष्ट भएको उल्लेख गरिएको छ । आगलागीमा सर्जिकल सामग्री, बीमा सुविधा अन्तर्गत प्रदान गरिने औषधि, निशुल्क प्रदान गरिने औषधि, विभिन्न इलेक्ट्रीकल्स सामाग्रीहरु, कोभिड १९ सम्बन्धिका सामग्रीहरु लगायत क्षति भएको पनि प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा आगामी त्यस किसिमको जोखिम हुन नदिन अस्पतालमा विभिन्न सामाग्रीहरुलाई अलग–अलग ठाउँमा व्यवस्थापन तथा भण्डारण गर्ने व्यवस्था मिलाउन र प्राविधिक रुपमा जोखिममुक्त संरचना निर्माण गरिनुपर्ने सुझाव समेत दिइएको छ ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राई, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य होम बहादुर थापासहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...