जसपाले मुद्दा मिल्ने दलसँग वार्ता गर्ने समिति बन्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं। संसदमा तेस्रो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टीले मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्ने समिति बनाएको छ । पहिचान, संघीयता, धर्मनिरपेक्ष साथै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी लगायत राजनीतिक मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्न समिति बनेको हो ।

राजनीतिक मुद्दा मिल्ने दलहरुसँग वार्ता गर्न तीन सदस्य वार्ता समिति बनाएको छ । जसपाले वार्ताका लागि केन्द्रीय कार्यकारिणी सदस्यहरु हेमराज राई, नवराज सुवेदी र केशव झालाई जिम्मेवारी दिएको जनाएको छ ।

जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै मुद्दा मिल्ने दलहरुसँग वार्ता गरी एकता गर्नका लागि तीन नेताहरुलाई जिम्मेवारी दिइएको जानकारी गराएका हुन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...