विश्वप्रकाश शर्माको ‘ऐना’ माघ ७ गतेबाट कान्तिपुर टिभीबाट प्रसारण हुने

 लिम्बुवान न्युज
                       

झापा। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तु माथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रम ‘ऐना’ विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका शर्माले सञ्चालन गर्ने कार्यक्रम ऐना २६ अंकको रहने छ । एक घण्टा समयावधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ ।

पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक भयो । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ । चर्चित कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो ।

कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुनेगरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए । शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक विकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याए ।

कार्यक्रम ऐनाको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सहप्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुप छन् । पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले सामाजिक विषयलाई गहन अध्ययन गरेर तयार हुने कार्यक्रम ऐनाको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता गम्भीर कार्यक्रमहरुमा बैंकको साथ र सहयोग जारी रहने जानकारी दिए । यस्तै, चौधरी फाउन्डेसनकी डेपुटी जेनरल म्यानेर मेरिना रञ्जितले कार्यक्रम ऐनाले समाजलाई उज्यालो तर्फ लैजानेमा आशावादी रहेको बताइन् ।

समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा–सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैन? के हो त्यसको जड? देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ’ऐना’ले गर्नेछ ।

कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् । कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुन् भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरी हुन् । यस्तै, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महाविर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् । कार्यक्रम ऐनाको स्टुडियो बालाजुस्थित नेपाल चलचित्र बोर्डको हलमा तयार भएको छ । (प्रतिदिन दैनिकबाट)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;