सन्तोष शाह बीबीसी मास्ट सेफ प्रोफेसनल्स २०२० को बने उपविजेता

 लिम्बुवान न्युज
                       

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।

ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली ढाकाटोपी लगाएर प्रतियोगितामा सहभागी भएका थिए । उपाधी भने दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ उपाधि हात पारेका छन् ।

३२ जना चर्चित सेफहरुबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकारहरु विश्वमाझ चिनाउन सफल भएका छन् । नेपाली खाना लिएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो मा जाने सन्तोष एकमात्र नेपाली हुन् ।

बिहिबारको फाइनल प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका नेपाली परिकारलाई चरेसको थालमा पस्किएका थिए । यसका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेको सन्तोषले बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...