मेरो मृत्यु उपहार दिन्छु

 लिम्बुवान न्युज
                       

  • कविताः रचना लावती (कुसाङ)

म यो चाहान्न
स्वतन्ता र इज्जतको कुरा गरेर
आफ्नै मुटुमा छुरा हान्नेहरु हो
तल्लो र माथिल्लाे जात भन्दै
जातको निर्धारण गर्नेहरु हो
म यो युगको यस्तो मान्छे हुँ
तर थाहा छैन दुनियाँलाई
बुझ पचाइ रहेछ
तिमीहरु तेही नाममा
नजानीन्दो गरी भत्काइ रहन्छौ ।

म ब्राम्हाणको चुलामा र
मन्दिरमा छिर्न नपाउने ?
मैले छोएको नखाने ?
मेरो घर भित्र दास, विक,
सार्की छिर्न नपाउने ?
बा आमा उनिहरुले
छोएको नखाने ?
वारीपारी बसेर अनि
आर्थिक कारोबार गर्ने
म सधै निस्तब्ध भएर
कलम चलाए
फलाम आफै पिट्नहोस्
लुगा आफै सिलाउनुस्
जुत्ता जप्पल आफै सिलाउनुहोस्
पैसा आफै छाप्नुहोस्
जुनसुकै यात्रामा भान्से
आफै बन्नुहोस्
प्रयोग गर्नुहोस्
जसले यो वाङमय
नियम पालना गर्छ ।

म यो सयौं शोषण दमनको
बिम्नद्रमा हजारौं हजार
कविता, गीत, कथा लेख्छु ।
समाज देशलाई चुनौती दिन्छु
शिक्षित हुन परिवर्तनको
राको झोस्छु ।

दश बर्षे जनयुद्धले अन्त्य
भएको यो जातीय विभेद भन्ने
बाबुराम र प्रचण्ड र
देशको शिरमा बस्ने
सम्माननीय ओलीलाई
खबरदारी गर्छु ।

ए महासयहरु हो
यो धर्म जाती विभेद गर्नेलाई
बलत्कारी चोरी हत्याराहरुलाई
फासी दिने कानुन बनाउ
र लागु गरेर देखाऊ
त्यो दिन म
मेरो मृत्यु उपहार दिन्छु ।

पान्थर, (हालः झापा, दमक)

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...