माङसेबुङमा बाली विज्ञान पढाई शुरु

 लिम्बुवान न्युज
                       

माङसेबुङ/ इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ सुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो ।

कक्षा ९ मा यसै वर्षदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन् ।

विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन सुरु गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विशेषज्ञ छनोटमा समेत समस्या भएको थियो ।

पछिल्लो समय प्रशिक्षक छनौटका लागि भएको परीक्षाबाट विवेचना आङदेम्बे छनोट भएपछि पठनपाठन शुरु गरिएको हो । माङसेबुङका स्थानीय राजनीतिक तथा सामाजिक अगुवा हेमन्त राईले गाउँमा नै व्यवहारिक शिक्षाका लागि प्राविधिक बिषयको पठनपाठन शुरु हुनु माङसेबुङबासीका लागि गौरवको बिषय भएको उल्लेख गरेका छन ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...