अब्बास मियाँ संघीय मञ्चको केन्द्रीय सदस्यमा मनोनित

 लिम्बुवान न्युज
                       

सुनसरी। सुनसरी भोक्राहा गाउँपालिकाका समाजसेवी मुस्लिम नेता अब्बास मियालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज सुनसरीको भरौल नडाहामा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको घोषणा कार्यक्रमका प्रमुख अतिथि संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको परिचयपत्र हस्तान्तरण गरेसँगै मियाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

लामो समय देखि पहिचान, संघीयता र मुश्लिम समुदायको हकअधिकारको निमित्त निरन्तर लढिरहेका मियाँको लिम्बुवान राजनीति प्रतिको इमानदारी र बफादारीतालाई मूल्याङ्कन गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले बताए ।

सोही भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले उद्घाटन गर्दै वर्तमान राजनीतिमा भईरहेको क्षणक्षणको परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताउँदै सरकारले राजनैतिक दल सम्बन्धी अध्यायदेश ल्याउने तयारीसँगै देशमा ठूलो राजनीति परिवर्तन हुने संकेत सँगै देश खतरामा परेको बताएका छन् । ‘सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशलाई वर्वादीतिर धकेली रहेको हुँदा अब जनता चुप लागेर बस्न नहुने’ –उनले भनेका छन् ।

कार्यक्रममा मञ्चमा उपाध्यक्ष अम्बर बहादुर लिम्बु, सचिवहरु राजु राई, सुनसरी इन्चार्ज एवं सचिव भुपेन्द्रसुन्दर लावती, पूर्णकला तेयुङ्, यूके प्रवास प्रवक्ता नवराज काम्बाङ्, जिल्ला अध्यक्ष अमर इजम लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...