थरुहट थारुवान मोर्चा आन्दोलनको तयारीमा, उच्च अदालतको फैसला अमान्य– थारु कल्याणकारी सभा

,   लिम्बुवान न्युज
                       

काठमाडौं। रेशमलाल चौधरीलाई रिहाई नगरी फैसला उल्टाएको र लक्ष्मण थारुलाई समेत जन्मकैदको सजाय थप गरेकोमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको तयारी थालेको जनाएको छ । मोर्चाले उच्च अदालतको फैसलालाई राजनीतिक पूर्वाग्रहमा आएको फैसलाको आरोप समेत लगाएको छ ।

जिल्ला अदालतले ३ बर्ष सजाय तोकेर रिहाइ भएका नेता लक्ष्मण थारुलाई समेत जन्मकैदको सजाय सुनाएपछि मोर्चा आन्दोलनको तयारीमा जुटेको हो । टीकापुर घटना राजनीति घटना भएको भनेर भनी रहदा जन्मकैदको सजाय सुनाइनु अनि विगतको राजनीति आन्दोलनमा कांग्रेस, एमाले, माओवादीका नेताहरुलाई चाही टाउको मोल तोक्दा पनि कैद नगरिनु सरासर अन्याय भएको छ । मोर्चाका केन्द्रीय सल्लाहकार कृष्णकुमार चौधरीले भने अब न्यायको लागि सर्वोच्चको ढोका ढक्ढकाउने छौं । त्यसपछिको विकल्प भनेकै सडक आन्दोलन हुनेछ ।

थारु कल्याणकारिणी सभाले पनि टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको फैसला अमान्य रहेको जनाएको छ । उच्च अदालतले रिहा भइसकेका लक्ष्मण थारुलाई जन्मकैद फैसला सुनाउँदै पूर्वाग्राही निर्णय भएको जनाएको छ । विभेदकारी फैसलाले अर्को द्वन्द्व निम्त्याउने थारु नेताहरुको तर्क रहेको छ । २०७५ सालको फागुन २२ गते कैलाली जिल्ला अदालतका न्यायधिश पर्शुराम भट्टराईको इजलासले माननीय सांसद रेशमलाल चौधरीलाई मात्र जन्मकैदको सजाय तोकेको थियो । लक्ष्मण सहित ११ जनाले तीन बर्ष पुर्पक्षमै विताइ सकेकाले जिल्ला अदालतको फैसला आएकै दिन रिहाइ भएका थिए ।

उच्च अदालत दिपायलले जन्म कैद तोकेका ४ जना सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार चौधरीलाई पाँच पाँच बर्ष कैद फैसला गरेको छ । तर जिल्ला अदालतले ३ बर्ष कैद गरेर रिहासमेत भईकसेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमलाल चौधरीको फैसलालाई उच्च अदालतले उल्टाउँदै १० बर्ष कैदको फैसला गरेको छ । नावालक श्रवणकुमार चौधरीको हकमा भने जिल्लाकै फैसला सदर गरेको छ । तीन बर्ष सजाय तोकेका विश्राम चौधरीले भने सफाइ पाएको छ ।

यता उच्च अदालत दिपायलले थारु अगुवाहरु माथि गरेको विभेदकारी फैसला थारु कल्याणकारी सभाले अमान्य भएको बताएको छ । न्यायलयको यस्तो फैसलाले सिंगो थारु जातीको अपमान गरेको छ । हामी माथि अन्याय भयो, अधिकारको आन्दोलनलाई अपराधिक आन्दोलनको संज्ञा दिएको सरकारको विरुद्ध अब आन्दोलन बाहेक कुनै विकल्प नरहेको थारु कल्याणकारी सभाका महामन्त्री प्रेमलाल चौधरीले जनाएका छन् । थाकसले अब आन्दोलन बारे थारु अगुवाहरुसँग छलफल चलाउने भन्दै राज्यले गरेको विभेदपूर्ण अन्यायको सामना गर्ने बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;