क्याप्टेन के.बी.लिम्बु सर्वोच्चबाट न्याय– लाइन्सेन्स निलम्बन फुकवा

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतले मंसीर २९ गते वहाँको पक्षमा सो फैसला सुनाएको हो ।

लकडाउनका समयमा गत चैत्र १५ गते कोरोना भाइरस संक्रमणको आशंका लागि संकलन गरिएका स्वाब लिन नेपालगञ्जमा पठाइएको नेपाल एअरलाइन्सको वाई १२ जहाज रनवेबाट अलिकति बाहिर पुगेको बिषयलाई लिएर प्राधिकरणले उहाँको उडान लाइसेन्स २८ मार्च २०२० देखि लागु हुने गरी एक बर्षको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

उहाँले सो दुर्घटनाबाट कुनै धनजनको क्षति नभएको, बिमान पनि सामान्य मर्मतबाट चल्न सक्ने अवस्था रहेको र नेपाल वायुसेवा निगमले बीमा कम्पनीबाट बीमा वापतको रकम समेत बुझिसकेकोले प्राधिकरणलाई सो कारबाही फिर्ता लिन निवेदन पनि दिनुभएको थियो । तर प्राधिकरणले सो कारबाही फिर्ता लिन कुनै कदम नचालेपछि यसले आफ्नो व्यवसाय गरी बाच्न पाउने अधिकार संकुचित गरिदिएको कारण दर्शाउदै कारबाही फिर्ता गर्न उपयुक्त आदेश जारी गर्न सर्वोच्च अदालतमा २०७७ असार ३० गते रिट निवेदन दिनुभएको थियो ।

निगमको महाप्रवन्धकको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएका क्याप्टेन लिम्बू २०७५ माघ २० देखि नेपाल वायुसेवा निगममा करारमा कार्यरत थिए । बोइड. ७५७ का कुशल पाइलट लिम्बूले निगममा चीनबाट ल्याएका वाई १२ चलाउने पाइलटको अभाव भएपछि आवश्यक परे सो समेत चलाउने गरी करारमा सेवा गर्न मञ्जुरी दिनुभएका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...