क्याप्टेन के.बी.लिम्बु सर्वोच्चबाट न्याय– लाइन्सेन्स निलम्बन फुकवा

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतले मंसीर २९ गते वहाँको पक्षमा सो फैसला सुनाएको हो ।

लकडाउनका समयमा गत चैत्र १५ गते कोरोना भाइरस संक्रमणको आशंका लागि संकलन गरिएका स्वाब लिन नेपालगञ्जमा पठाइएको नेपाल एअरलाइन्सको वाई १२ जहाज रनवेबाट अलिकति बाहिर पुगेको बिषयलाई लिएर प्राधिकरणले उहाँको उडान लाइसेन्स २८ मार्च २०२० देखि लागु हुने गरी एक बर्षको लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

उहाँले सो दुर्घटनाबाट कुनै धनजनको क्षति नभएको, बिमान पनि सामान्य मर्मतबाट चल्न सक्ने अवस्था रहेको र नेपाल वायुसेवा निगमले बीमा कम्पनीबाट बीमा वापतको रकम समेत बुझिसकेकोले प्राधिकरणलाई सो कारबाही फिर्ता लिन निवेदन पनि दिनुभएको थियो । तर प्राधिकरणले सो कारबाही फिर्ता लिन कुनै कदम नचालेपछि यसले आफ्नो व्यवसाय गरी बाच्न पाउने अधिकार संकुचित गरिदिएको कारण दर्शाउदै कारबाही फिर्ता गर्न उपयुक्त आदेश जारी गर्न सर्वोच्च अदालतमा २०७७ असार ३० गते रिट निवेदन दिनुभएको थियो ।

निगमको महाप्रवन्धकको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालि सक्नुभएका क्याप्टेन लिम्बू २०७५ माघ २० देखि नेपाल वायुसेवा निगममा करारमा कार्यरत थिए । बोइड. ७५७ का कुशल पाइलट लिम्बूले निगममा चीनबाट ल्याएका वाई १२ चलाउने पाइलटको अभाव भएपछि आवश्यक परे सो समेत चलाउने गरी करारमा सेवा गर्न मञ्जुरी दिनुभएका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...