काठमाडौं।सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र संगीतमा तयार भएको हो ।
‘हाक्पारे ख्याली, च्याब्रुङको धुन, गम्कन्छ गाउँघरमा, असाध्यै राम्रो सोल्टिनी देखेँ, सिरिजङ्गा गाउँमा’ भाव आउने गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका हुन् । भिडियोमा गाउँघरको विम्ब उतारिएको छ भने बिउभाले पालेर आफ्नो खाजाखाने मेलोको प्रसँग गज्जबले प्रस्तुति गरिएको छ ।
भिडियोमा कुशल थलङ स्वयमको अभिनय देख्न सकिन्छ साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू र निश्चल कुलुङले अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् । त्यसैगरी उक्त गीतलाई भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
पूर्व कै चर्चित छायाँकार एवं कोरियोग्राफर भुपेन्द्र तुम्बाहाम्फेलाई आफ्नै गाउँघर मोरङ्को मिक्लाजुङ्का विभिन्न दृश्यहरुलाई कलात्मक शैलीमा छायाँकन गरी भिडियोलाई हेरौ हेरौं लाग्ने बनाएका छन् । त्यसैगरी भिडियोलाई चर्चित कोरियोग्राफर दिनेश माङ्मूले निर्देशन गरेका छन् । सोम मगरातीको श्रृङ्गार, अनिल रानाको सम्पादन, साथै तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको भिडियो निर्माण गरेका हुन् ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...