शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
पार्कको विधिवत उदघाटन भने गर्न केही दिन लाग्ने सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको अत्याधुनिक पार्क २ विगाह क्षेत्रफलमा फैलिएको छ । वाटर पार्क बनाउन करिब २ वर्ष लागेको सञ्चालक संग्रौलाले बताए ।

पार्क परिवार मैत्री भएको हुँदा बालबच्चासहित सबै उमेर समूहका मानिसहरु रमाउन सकिने गरि मनोरञ्जनका संरचनाहरु निर्माण गरिएका छन् ।
‘देशमा कोरोना संक्रमणले गरिएको लकडाउन नभईदिएको भए त १५ महिना अगावै निर्माण सक्ने योजना थियो,’ सञ्चालक संग्रौलाले भने ।

पार्कभित्र होटल, रेष्टुरेन्ट, वार र क्यासिनो पनि सञ्चालनको तयारीमा छन् । पार्कमा आउने पर्यटकका लागि आवश्यक पर्ने यी सुविधा यसै साता देखिनै पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भएको संग्रौलाले बताए ।

पार्कमा जिप लाईनका दुई आईटम सिङगल र सुपरमेन सुरु भएका छन् । यो खेल साहसिक खेल हो । जमिनबाट ५८ फिटको उचाईमा रहेको १५८ मिटर दुरीको जिपलाईन सञ्चालन भइरहेको छ । उद्धघाटन पूर्व पार्कले निर्धारण गरेको मूल्यमा छुट दिएर जिप लाईन सञ्चालन भईरहेको उनले बताएका छन् ।

माघपछि पार्क भित्र पानीको सहायतामा खेलिने १३ प्रकारका खेल सुरु हुने संचालक संग्रौलाले बताए । झापाका १५ स्थानीय तह मध्ये शिवसताक्षी नगरपालिका धार्मिक, सांस्कृतिक दृष्ट्रिकोणले समेत महत्वपूर्ण नगर भएको हुँदा पौराणिक कथासँग जोडिएका यहाँका सताक्षीधाम, चिल्लागढ, कन्काई नदी र दोमुखा पर्यटकीय क्षेत्र मानिन्छन् । बर्षेनी लाखौं आन्तरिक एवं बाह्य पर्यटकहरु यहाँ आउने गर्छन् ।
अब नगर भित्र अर्को अत्याधुनिक प्रकृतिको पार्क निर्माण भएपछि सबै उमेर समूहका मानिसले थप मनोरञ्जन लिन सक्ने शिवसताक्षी नगरका उद्योग बाणिज्य संघका कोषाध्यक्ष कृष्ण खरेलले वताए ।

उक्त वाटर पार्क खुल्ला हुन थालेपछि यहाँ आएर फोटो खिच्ने, जिपलाईनको मज्जा लिनेको संख्या दिनानु दिन बढ्न थालेको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...