सर्वोच्च बारमा लोकतान्त्रिक समुहको वर्चश्व

 लिम्बुवान न्युज
                       

काठमाडौं। सत्तारुढ दल भित्र भईरहेको विवादले हरेक क्षेत्रमा हारको संकेत दिन थालेको राजनीति वित्तमा बहस शुरु भएको छ । यसैको परिणाम शनिबार सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ ।

सर्वोच्च बारमा शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको समुहले १५ सदस्यीय कार्य समितिमध्ये महत्वपूर्ण पदसँगै दुई तिहाई पदहरुमा विजय प्राप्त गरेको हो ।

लोकतान्त्रिक समहुबाट पदाधिकारीमा अध्यक्ष शाक्य सहित सचिव ऋषिराम घिमिरे र कोषाध्यक्षमा बिनोद कार्कीले विजयी भएका छन् । उपाध्यक्षमा प्रगतिशिल समुहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा शर्भिला श्रेष्ठले जितेका छन् भने महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएकी छन् । सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचित अध्यक्ष शाक्य नेपाल ल क्याम्पसमा प्राध्यापन समेत गर्छन ।

सर्वोच्च बारमा हालल ६०५ मतदाता रहेको छ । जसमध्ये ५५५ मत खसेको थियो । अधिवक्ता बासुदेव शर्माका अनुसार ६०५ मतदाता मध्ये करिव एक सय मतदाता तटस्थ थिए । तटस्थहरुको मत शाक्य पक्षधरले बढी तानेपछि उनको समुह निर्वाचित भएको हो ।

सर्वोच्च बारको कार्य समिति १५ सदस्यीय छ । नेपाल बार एशोसिएसन देशभरीका अधिवक्ताहरुको संस्था हो भने सर्वोच्च अदालतबार सर्वोच्च अदालतभित्र रहेका अधिवक्ताहरुको समुहको हो ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...