काठमाडौ। काठमाडौ अनामनगर स्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलन मार्फत “सयौ जुनि भएपनि” नामक गीतको रिलिज गरिएको छ । क्यानाडामा निर्माण गरिएको उक्त गीत आज एक कार्यक्रम बिच भब्य सो गरेर गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अग्रज पत्रकार कुमार ओझाको प्रमुख आतिथ्य रहेको थियो भने युथ ग्रुप नेपालको सल्लाहकार रन्जन लिम्बुको सभापतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि कुमार ओझाले मोडल पञ्च सेर्माको अभिनयको चर्चा गरेका छन ।
पुष्प राज बरालको शब्द संगीत रहेको गीतलाई मेलिना राई र पुष्प राज बरालले स्वर दिएका छन । भिडियोमा पञ्च सेर्मा लिम्बू र भिपिनले अभिनय गरेका छन भने यसलाई छायांकन, सम्पादन र निर्देशन ईश्वर थापाको रहेको छ । टेक्निकल सपोर्ट गोबिन्द नेपाल र पुष्कर भट्टले गरेका छन । भिडियोको पोष्टर सुदिप सर्माले बनाएका हुन् भने भिडियोलाई सेवारो युवटुब मार्फत सार्बजनिक गरिएको छ ।
भिडियोलाई युथ ग्रुप नेपालको सहकार्यमा निर्माण गरिएको हो । युथ ग्रुप नेपालले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा प्रबन्ध निर्देशक अशोक छेत्रीले मोडल पञ्च सेर्माको अभिनयको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रम मार्फत निर्देशक छेत्रीले “एउटा फुल” नामक नेपाली चलचित्र निर्माणको समेत घोषणा गरेका छन । हाल धमाधम अडिशन लिन थालिएको जानकारी समेत उनले दिए ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...