लालीगुराँसमा भवन उद्धघाटन

 लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा दलित विकास नगर सम्मन्वय समितीको कार्यलय सोमबार उद्धघाटन गरीएको छ । नगरभित्रका दलितहरुको उत्थानका लागि नगरपालिकाले छुट्टै दलित विकास नगर सम्मन्वय समिति गठन गरी यस कार्यालयको उद्धघाटन नगर प्रमुख अर्जुन बाबु माबुहाङले गर्नु भएको हो ।

कार्यालय उद्धघाटनलाई सम्बोधन गर्दै नगर प्रमुख माबुहाङले दलित–दलित बिचको बिभेद गैर दलित बाट नभई दलित परिवार बाट हुने भएकोले यसमा सुधार हुन जरुरी रहेको बताउनु भएको छ । नगर प्रमुख माबुहाङले आदिवासि जनजाति र दलितको परीभाषा सहित मानव, मानव बिचमा सीपको आधारमा कामको विभाजन मात्र गरेको बताउनु भएको छ ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख तिला पोख्रेलले पुर्वका दलितहरु धेरै शिक्षित भएपनि दलित, दलित बिचमै विवेद्ध भएको दाबी गर्नु भएको छ । उहाले दलितहरुलाई गैरदलितले हेपेको छैन, दलित, दलित बिचमै हेपिएको छ भन्ने भनाईराख्नु भएको छ । यसैगरी लालिगुरास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र खडकाले जातिय वर्गिय लैँगिक छुवाछुत पहिलेको भन्दा अहिले हटेको बताउनु भएको छ ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय बसन्तपुरका प्रहरी ईन्चार्ज मानबहादुर श्रेष्ठ, लालिगुरास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रुद्र बहादुर लिम्बु, वडा नम्बर ४ का वडा अध्यक्ष पे्रम बहादुर लिम्बु, वडा नम्बर ६ का वडा अध्यक्ष तिलोचन लिम्बु, दलित महिला नगर सदस्य सविता नेपाली, दलित विकास सम्मन्वय समितिका सदस्य मान बहादुर बराईलीले मन्तव्य राख्नु भएको थियो ।

दलित विकास समन्वय समिति लालिगुरासको आयोजना तथा लालिगुरास नगरपालिकाको आर्थिक सहयोगमा समपन्न भएको कार्यक्रम दलित विकास नगर समन्वय समितिका अध्यक्ष कुमार बराईलिको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...