सरकारको असंवैधानिक कदम प्रति लिम्बुवानको विरोध

,   लिम्बुवान न्युज
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले केपी ओली सरकारले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेकोमा विरोध गरेको छ ।

मञ्चले एकात्मकवादी नश्लिय दुई तिहाई कम्यूनिष्ट सरकारको आन्तरिक पार्टीको किचलो र सत्ता मोहको कारण प्रतिनिधिसभा विगठन भएको ठहर गर्दै धरानको भानुचोकमा कोणसभा गरि वर्तमान सरकारकाे विराेध गरेकाे हो ।

आगामी २०७८ साल बैसाख १७ र २७ गते गरी प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी ल्याएको अध्यादेश आफैमा त्रुटिपूर्ण भएको लिम्बुवान नेताहरुको टिप्पणी रहेको छ । एक दशकमा गरिने जनगणना पनि यहि बर्ष गर्नु पर्ने, कोरोना संक्रमणले राष्ट्र थलिएको हुँदा यस्तो भयाभव अवस्थामा पार्टीको आन्तरिक किचलोलाई घर बाहिर निकाली जनताको दुई तिहाई बहुमतलाई कुल्चेर प्रधामन्त्री केपी ओलीको जंग बहादुर शैलीले मूलक द्वन्द्व तर्फ धकेलिएको नेताहरुले बताएका छन् । त्यसैगरी संसद विघटनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पारेको आरोप लगाएका छन् । साथै मुलुक दिनदिनै आर्थिक रुपमा टाट पल्टिरहेको अवस्थामा प्रत्येक नेपालीको टाउँकोमा सरकार ऋण थपिरहेको नेताहरुले आरोप लगाएका छन् ।

नेपाली जनताको लामो बलिदानीबाट देश संघीयता तर्फ उन्मुख भईरहेको बताउँदै लिम्बुवान नेताहरुले पहिचान, अस्तित्वलाई धरासय बनाई राज्यको ढिकुटी रित्तो बनाउने नेकपालाई एकदिन जनताको जनादेशले सराप्ने बताएका छन् । कोणसभामा मञ्चका केन्द्रीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावती, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, लिम्बुवानका केन्द्रीय सचिवालय सदस्य कुमार फेम्सोहाङ, विद्यार्थी नेता डिल्ली लुम्फुङ्वा, महिला नेत्री सरस्वति सुब्बाले मन्तव्य राखेका थिए ।

कार्यक्रम धरान उपमहानगरपालिकाका अध्यक्ष सञ्जुहाङ सावाको संयोजकत्वमा जिल्ला सचिव निर्मल राईले संचालन गरेका थिए । भानुचोकमा गरिएको विरोधसभामा लिम्बुवान भोलेन्टियर्सले टायर बालेर नालायक सरकारकाे विरोध गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;