जसपाको ७७ वटै जिल्लामा सरकार विरुद्ध बिरोध प्रदर्शन

 लिम्बुवान न्युज
                       

झापा। देशकै तेस्रो ठूलो राजनीति शक्ति जनता समाजवादी पार्टी (जसपा)ले ७७ वटै जिल्लामा आज विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमो प्रदर्शनसहित कोणसभा गरेको हो ।

प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक, अमर्यादित र अलोकतान्त्रिक भएको जसपाको ठहर रहेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले संसद पुनःस्थापनाको समेत माग गरेको छ ।

जसपाले यसैगरी आगामी पुस १२ गतेसम्म विभिन्न चरणबद्ध कार्यक्रम गरी प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलन जारी राख्ने बताएको छ ।

यसैबीच आज झापाको विर्तामोड मुक्तिचोक, भोजपुर,नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौं, जसपा संघीय परिषद अध्यक्ष बाबुरा भट्टराईको गृह जिल्ला गोरखा लगायत विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन भएको वताइएको छ ।

जसपाले पहिचानवादी दलहरुसँग मोर्चावन्दी र एकताको समेत आव्हान गर्दै आइरहेको छ भने ठूला दल नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहको नेकपासँग पनि सहकार्य गर्दै प्रधानमन्त्रीको कदम विरुद्ध संघर्षको कार्यक्रमहरु पनि गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...