लेटाङमा लिम्बुवानको राजनीति अन्तरक्रिया कार्यक्रम

 लिम्बुवान न्युज
                       

लेटाङ। मोरङको लेटाङको वडा नं. ६ मा संघीय लिम्बुवान मञ्च, नेपालले राजनीति अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्का प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न उक्त अन्तरक्रिया, भेटघाट तथा साधारण सदस्य वितरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गुरुङ्ले यतिबेला मुलुक राजनीति द्वन्द्वमा फसेको छ । मुलुकको ठूलो बाम पार्टी बिच अन्तरसंघर्ष शुरु भएके हुँदा हामी माथि प्रहार हुन सक्ने खतरा औल्याउँनु हुँदै कम्यूनिष्टहरुले देश र नेपाली जनताको सपना साकार पार्न नसक्ने भएको हुँदा त्यसको पछि नलाग्न आग्रह गरेका छन् । करिब दुई तिहाई अभिमत पाएको पार्टीको हालत त देख्नु भयो होला नी ? भन्दै नेता गुरुङ्ले अबको विकल्प भनेको पहिचानको राजनीति हो, त्यसैले हामीले पार्टीनै संघीय मोडलको बनाएका हौं । त्यसैगरी उनले १०+१ भनेको नै ११ वटा क्षेत्रीय पार्टीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संघ(केन्द्र)बाट हेण्डीलिङ् गरिरहेको हुँदा पूर्वमा संघीय लिम्बुवान मञ्च, नेपाल सक्रिय भएको बताए ।

कार्यक्रममा लिम्बुवान जिल्ला समिति मोरङ्का बरिष्ठ उपाध्यक्ष जीवन खेवाले पनि लिम्बुवान मञ्चले पहिचान सहितको संघीयता, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान प्रान्त सुनिश्चित हुनुपर्छ भनेर विगत १५ बर्ष देखि सडकबाट आवाज बुलन्द गरिरहेको बताए । अब असंवैधानिक कदम चाल्दै देशलाई फेरि चुनावमा लाने बाम पार्टीले तपाई हामीलाई भ्रममा पार्न सक्छ, सचेत हुन अनुरोध गरेका छन् ।

कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ नगर का.वा. अध्यक्ष किशोर राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...