पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

 लिम्बुवान न्युज
                       

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् ।

संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा पुष १४ गते दमक गणतन्त्र चौकमा हुन लागिरहेकाे लिम्बुवान आमसभालाई सम्बोधन गर्न आउने तय भएको कार्यक्रम संयोजक लिम्बुवान प्रान्तीय उपमहासचिव भानु भट्टराईले बताउनु भयो ।

प्रधानमन्त्रीकाे गृहनगरबाटै सरकारले असंवैधानिक, अलोकतान्त्रिक कदम चाल्दै प्रतिनिधिसभा विगठनकाे विराेध जनाउन कार्यक्रम गर्न लागिएकाे लिम्बुवान मञ्चले जनाएकाे छ । देशमा राजनीति उथलपुथल भएको अवस्थामा पूर्वमा निरन्तर आन्दोलित लिम्बुवानले देश जटिल परिस्थितिमा पुरयाउने यथास्थितिवादी, प्रतिगमनकारी शक्तिहरुले पहिचान सहितको संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै धरासयमा पुराएकाे ठहर गर्दै आन्दाेलनकाे तयारी समेत थालिएकाे जनाएकाे छ ।

प्रदेश नं. १ मा १ सिट जित्न सफल संघीय मञ्च नेपालकै एकमात्र संघीय ढाँचाको नमुना संगठन हो । यो पार्टीको विधान मै १०+१ प्रान्तीय मञ्चको अवधारणा सहित प्रान्तीय पार्टीको रुपमा नै जान सक्ने गरीको पार्टीको संरचना स्पष्ट गरेको छ । मञ्च देश र माटो सुहाउँदो पार्टीको रुपमा विकास गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे तर्क छ । सरकारकाे गलत निर्यणले देश ठूलाे दुर्घटनामा पर्न सक्ने भन्दै मञ्चले सबै जनता सचेत हुनु पर्ने आग्रह गरेकाे छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...