खानेपानी आयोजनामा लिम्बुवानले पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले माफी मागे

 लिम्बुवान न्युज
                       

धरान। एडिबिबाट ऋण तथा अनुदान लिएर बन्दै गरेको धरान खानेपानी आयोजना सञ्चालन गर्न सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् ।

मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिएपछि आज प्रहरीले उनलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा लगेको थियो । मञ्चले कोइरालाको अभिव्यक्तिप्रति आपत्ति जनाउदै पार्टीको वद्नाम गराएको भन्दै कारबाहीको माग गरेको थियो । कोइरालाले आफुसँग पैसा खाएको प्रमाण उपलब्ध गराउन नसकेपछि प्रहरी कार्यालयमा लिखितरुपमा र सार्वजनिकरुपमा नै माफी मागेका हुन् । कोइरालाले केही दिनअघि हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलहरुले पैसा खाएको अभिव्यक्ति दिदा लिम्बुवानको नाम पनि लिएका थिए ।

कोइरालाले भने आफुले पैसा खायो भनेर लिम्बुवानको नाम लिएकोमा गल्ती भएको भन्दै क्षमा मागेका छन् । मैले लिम्बुवान भनेर नाम लिएवापत गल्ती भएको हो, त्यसमा क्षमा पाउ । पत्रकार साथीहरुलाई पनि घुमाएर यस्तरी लेख्नु भयो भनेर भनेको छैन, भन्नेवाला पनि छैन,’कोइरालाले भने । नगरअध्यक्ष सञ्जुहाङ साँवा लिम्बुले ११ बुँदे सहमतिलाई आफुहरुले अस्वीकार गरेर हस्ताक्षर पनि नगरेको र विजयपुरमा खानेपानी टंकी बनाउने निर्णयविरुद्ध आन्दोलन गर्दा धेरैले कुटाइ खाएको बताउदै पैसा खायो भन्ने आरोप लगाएर वद्नाम गराउन खोजेकोले प्रहरीमा उजुरी दिएको बताए ।

उनले भने,‘प्रमाण छ भने दिनुस्, नगरकोले खाएको छ भने हामी कारबाही गछौं । केन्द्रकोले पनि खाएको छ भने कारबाहीको सिफारिश गछौं । तर, उहाँले अरु नै कुरा गर्नुभयो ।’ संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले ८५ बर्षका ज्येष्ठ नागरिकले गल्ती भयो भनेर माफी मागेको हुनाले प्रहरीमा मिलापत्र गरिएको बताए । ‘८५ बर्षका वृद्ध हुनुहुन्छ, अबदेखि यस्तो गर्दिन भनेर माफी नै माग्नुभएकोले मिलापत्र भयो, हामीले पनि उहाँलाई क्षमा दियौं,’इजमले भने ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...