सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको कारण

 लिम्बुवान न्युज
                       

काठमाडौं । सरकारले संसद विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

आज संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ । सर्वोच्चले संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ ।

आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमथि सुनुवाइ भएको थियो ।

सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।

सरकारले अचानक संसद विघटन गरेपश्चात त्यसविरुद्ध अधिवक्ता सन्तोष भण्डारीसमेत, समृत खरेलसमेत, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, दिनेश त्रिपाठी, दीपक राईसमेत, अमिता गौतम पौडेलसमेत, लोकेन्द्रबहादुर ओलीसमेत, मणिराम उपाध्याय र तुलसी सिंखडाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले संसद विघटन संविधान विपरीत रहेको ठहर गर्दै बदर गर्न माग गर्र्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...