लेटाङ् जाँतेमा लिम्बुवानको अन्तरक्रिया सम्पन्न, शिवसताक्षीमा टाेल समिति गठन

,   लिम्बुवान न्युज
                       

मोरङ्। मोरङको लेटाङ् ९ को जाँतेमा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विशेन्द्र चेम्जोङ्ले देशमा राजनीतिक संकट उत्पन्न भएको हुँदा यतिबेला साना पहिचानवादी दलहरुमाथि आक्रमण हुने बताएका छन् । उनले भने– पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई तुहाउन विरोधी तत्वहरु सलबलाउन थालेका छन् । आम लिम्बुवान कार्यकर्ता सचेत रहनुहोला । यतिबेला नेकपा दुईटुक्रा भएको हुँदा कुनै पनि पक्षले लिम्बुवानलाई आक्रमण गर्न सक्छन्, त्यसैगरी देशकै पुरानो पार्टी नेपाली कांग्रेस जस्तो न पहिचान पक्षधर हुन न त संघीयता पक्षधर नै हुन् । त्यस्तो पार्टीहरुले संघीतालाई संस्थागत गर्नु त कता हो कता कम्तिमा बनिसकेको संरचना नै ध्वस्त पार्ने भएको हुँदा ति ठूला भनाउँदा दलहरुको झोला बोकेर राजनीति परिवर्तन हुँदैन– उपाध्यक्ष चेम्जोङ्ले बताउनु भयो ।

कार्यक्रममा मञ्चका उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, मोरङ जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन खेवा, उपाध्यक्ष भानु लिम्बु लगायत जिल्ला नेताहरु र लिम्बुवान भोलेन्टियर्स कमाण्डरहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षी १ को बिहानी टोलमा लक्ष्मण चबेगु लिम्बुको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । झापामा मञ्चले तिव्र गतिमा संगठन निर्माण र प्रशिक्षणकाे तयारी गरिरहेकाे स्राेतबाट सूचना प्राप्त भएकाे छ ।

कार्यक्रम आज साँझ भएको लिम्बुवान भोलेन्टियर्स सिनियर उपकमाण्डर सुमन सम्बाहाम्फे बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;