उपासनाले ल्याइन लघु चलचित्र ‘रातो टिका’

 लिम्बुवान न्युज
                       

  • आन्छुमे नसान

माङसेबुङ। नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको छ । यस अघि उनले लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरिसकेका छन् ।

नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् ।

भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् ।

गोदावरीमा छायाँकन गरिएको उक्त लघु चलचित्रमा सागर घिमिरेको स्थल ध्वनी, जेम्स तामाङको यातायात रहेको छ भने रिम्सा फिल्मस् प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ ।

(भिडियाे हेराैं)

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...