कांग्रेसले पुष १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

 लिम्बुवान न्युज
                       

दमक। नेकपा कम्युनिष्ट पार्टीले सर्वसत्तावाद र अधिनायकवाद शैलीमा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यत विपरित गतिबिधि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको तयारी गरेको छ ।

पार्टीले सञ्चालन गरेको केन्द्रियस्तरको आन्दोलनको कार्यक्रम अनुसार आगामी पुष १३ गते अर्थात सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध रयाली प्रदर्शन र सभा गर्न लागेको हो । ति सभाहरुलाई पार्टीका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

यसैबीच झापा क्षेत्र नं ५ को क्षेत्रीयस्तरको विरोध प्रदर्शन तथा सभामा ब्यापक सहभागिता जनाउन पार्टीको क्षेत्रीय समितिले आन्तरिक तयारी गरेको छ । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा आज बसेको क्षेत्रीय बैठकले सो सम्बन्धि विभिन्न निर्णयहरु गरेको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।

दमकमा हुने सो सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालसहित अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले हालै एक्कासी संसद विघटन गरेसँगै नेपाली कांग्रेस कम्युनिष्टको सर्वसत्तावाद र लोकतन्त्र विरोधी शैलीको विरुद्ध सडक संघर्षमा उत्रिएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...