किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

 लिम्बुवान न्युज
                       

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् ।

किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।

नवगठित समितिको सदस्यमा पदम चोङ्वाङ्ग, चन्द्र पन्धाक, सुवास योङ्हाङ्ग, देवु राई, हेमन्त खिम्दिन, थामशेर लिम्बू, राम थेगिम, धन थाम्सुहाङ्ग, सृजङ्गा, ध्रुर्व तुम्वापो, दिनेश जवेगु, चन्द्र साँवा, प्रवेश मिभक, वी.वी. लिम्बू, अनम लिम्बू, चुनाव योङ्हाङ्ग, मेघ लिम्बु, शिव इङ्नाम, केशव आङ्वोहाङ्ग, सिमेलुङ र ओम राजधामी चयन भएका छन् । समितिको सल्लाहकारहरुमा कुसुम लिङदेन र अशोक नेम्वाङ्ग चयन भएका छन् ।

किरात मोर्चाका केन्द्रिय सदस्य सचिव मिसेकहाङ थाम्सुहाङ्गले नेपाल किरात देश पुनर्निमाण गर्ने उद्धेश्यले देशभर संगठन विस्तार गर्नेक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको बताए ।

नेपालको प्राचिन, सनातन सभ्यता किरात सभ्यता, किरातीजम(मुन्धुम)भएको र त्यसको जगमा मात्र देशको राष्ट्रियता, सम्प्रभुता, विकास सवल बन्न सक्ने र अन्ततगोत्वा यो देश किरातीजम र हिन्दुजमकै सहकार्य र सह अस्तित्वमा मात्र स्थीर हुन्छ भन्ने किरात मोर्चाको ठहर रहेको उनले बताए । नेपाल किरात सभ्यताको जगमा किरात देश पुनर्निमाण गर्नुपर्ने र किरात देश अन्तर्गत सवैलाई समेट्ने उनले बताए ।

कार्यक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समितिका संयोजक एम.डी. किराती, जिल्ला संयोजक साम्योहाङ लिम्बू लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...