मुख्यमन्त्री शेरधन राई विरुद्ध ३७ प्रदेश सांसदद्वारा अविश्वासको प्रस्ताव

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् ।

यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र आङ्बोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।

शनिबारमात्र प्रदेश नं. १ का मन्त्री इन्द्र बहादुर आङ्वोलाई मुख्यमन्त्रीले कारवाही गरेका थिए ।

 

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...