जसपाको उपत्यकामा बिरोध पर्दशन

 लिम्बुवान न्युज
                       

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकोे विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र जनताको भावना विपरित भएको भन्दै आज आईतबार जसपाले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

जसपाको विरोध प्रदर्शन रत्नपार्कको शान्तिवाटिकाबाट र्याली सुरु गरेर पुतलीसडक हुदैं बिरोध प्रदर्शन गर्दै पुन शान्तिबाटिकामा पुगेर कोण सभामा भएको छ । कोणसभालाई जसपाका नेताहरु अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राई लगायतले सम्बोधन गर्दै ओली सरकारले जनतामाथि नांङ्गो नाँच देखाएर संसद विघटन जस्तो असंवैधानिक कदम उठाएकोमा घोर आपत्ति जनाएका छन् ।

नेताहरुले जसपा अब आन्दोलनमा उत्रिसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट गत पुष ५ गते प्रतिनिधि सभा विघटन भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...