आन्छुमे नसानको निर्देशनमा ‘पोगिरो नालीफुङवा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

माङसेबुङ्। गीतकार, सञ्चारकर्मी तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा निश्चल तबेबुङ लिम्बु र सुमि लावती लिम्बुद्धारा अभिनित ‘पोगिरो नालीफुङवा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार योगेस लावती ‘चुक्सा याप्मी’को शव्द रचनामा गायक तथा संगीतकार प्रकाश सावादेनको संगीत रहेको भिडियो ‘पोगिरो नालीफुङवा’ माङसेबुङ खबर युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायिका स्वस्तिका सावादेन लिम्बु र नव गायक बिरेन सेर्मा लिम्बुको सुमधुर आवाजमा सजिएको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सोले गरेका हुन् ।

धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ परिसर वरिपरि छायाँकन गरिएको किरात धार्मिक जागरणमुलक भिडियोमा प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन रहेको छ भने प्रभाकर आङबो र तिलक रिजालले सम्पादन गरेका हुन् ।

म्यूजिक मिडिया रेकर्डिङ स्टुडियो धरान र रिफ रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको गितको मिक्सिङ तथा मास्टरिङ विजय श्रेष्ठले गरेका छन् ।

नालीफुङवाहरुको गतिबिधिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सन्तोस रिजालको मेकअप तथा सङसेमी माङयुङ र सेसेहाङ सेर्माको सहायक निर्देशन रहेको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...