कांग्रेसद्वारा सबै निर्वाचन क्षेत्रमा ओली सरकारको असंवैधानिक कदमको विरोध

 लिम्बुवान न्युज
                       

दमक। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रहरुमा प्रदर्शनसहित विरोध सभा गरेको छ । केपी ओली सरकारको असंवैधानिक, आलेकतान्त्रिक र प्रतिगमनकारी कदमको विरोध गर्दै कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसका सभापति शेरवहादुर देउवाले अदालतको निर्णय आफूले नमान्ने बताएका छन् । संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएकोले हामीले देशव्यापी आन्दोलन गरेको बताए । धम्काएर प्रतिनिधिसभा विघटन गरेको नमान्ने बताएका छन् ।

अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका न्यायधिसलाई राम्रोसँग संविधान पढ्न आग्रह गरेका छन् । उनले –प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर संविधान मिचेको आरोप लगाएका छन् ।

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित झापा क्षेत्र नं ५ को क्षेत्रीय विरोध सभा दमक चोकमा सम्पन्न भएको छ । सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिष्ट पार्टीलाई जनताले देश चलाउन दिएको पाँच बर्षको म्याण्डेडको अपमान गरेको टिप्पणी गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस संघर्षका कार्यक्रमहरु लिएर सडकमा आएको बताए ।

डा. रिजालले केपी ओली मात्रै नभएर कम्युनिष्ट पार्टीका प्रचण्ड, माधवकुमार कोही पनि अहिलेको यो दुर्भाग्यपूर्ण, अलोकतान्त्रिक कदमको साक्षी भएको तर्क गर्दै भने– उहाँहरुको पदीय लोलुप्ताको शिकार आम नेपाली जनता हुन सक्दैनन ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो सभालाई कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईले कम्युनिष्ट पार्टीका नेताहरुको स्वार्थका कारण मुलुकमा भएको उपलब्धि गुम्न दिन नहुने कुरामा आम नेपाली जनता सचेत रहनुपर्ने औंल्याए । कांग्रेसले आयोजना गरेको सो विरोध सभामा सहभागी हुन गौरीगञ्ज, गौरादह, कमल लगायतका ठाउँबाट सयौं कार्यकर्ताहरु संसद पुनस्र्थापनाको मागसहित कम्युनिष्ट पार्टीको सर्वसत्तावादका विरुद्ध चर्को नाराबाजी गर्दै आएका थिए ।

कांग्रेस झापा क्षेत्र नं. ५ ले आफ्नो पार्टी कार्यालयबाट ¥याली सहित गणतन्त्र चोकमा पुगेर विरोध सभा गरेका थिए ।

 

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;