आज दमकमा लिम्बुवानको विरोधसभा

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोध सभा आज गर्दैछ ।

दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९ ले दिएको अग्राधिकारलाई वेवास्ता गर्दै त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम दर लगाई ओली सरकारले जनतालाई सुकुम्बासी बनाउने षडयन्त्र विरुद मञ्चले विरोध सभा आयोजना गरेको हो ।

आजको यस सभालाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरित भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगत देखि नै आपत्ती जनाउँदै आईरहेको छ ।

दमककमा विकासको नाममा अर्बौ पैसा भित्राएको ओलीको दावीको पछि लागेका स्थानीय नेताहरुको घमण्डले विकास हुन नसक्ने लिम्ुबवान नेता भानु भट्टराई बताउँछन् ।

कार्यक्रम मध्यान्ह १२ बजे देखि नगर परिक्रममा गरेर दिउँसो १ बजे देखि गणतन्त्र चोकमा सभा आयोजना गरिने कार्यक्रम संहसंयोजक मञ्चका केन्द्रीय सचिव धनराज सुब्बाले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...