सर्वदलीय संयन्त्र नबनाई क्लिन पार्क बने चीनको लगानी खेर जाने लिम्बुवानको चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज दमकमा विरोध पर्दशन वरेको छ । वर्तमान नेकपाको केपी ओली नेतृत्वको सरकारका अराजनीतिक गतिबिधिहरुको विरुद्ध भण्डाफोर गर्दै विरोध सभाको मञ्चले आयोजना गरेको हो ।

विभिन्न नारा लेखिएको प्ले कार्ड सहित दमकको गणतन्त्र चोकदेखि उत्तर दमक जेसीस चोक पूर्व इलाका प्रहरी कार्यालय दमक हुँदै नमुना मार्गबाट पूर्व मोडिएर दक्षिण सुर्तीलाईन हुँदै रिङ्रोडबाट पुन इप्रकाबाट दक्षिण गणतन्त्र चोकमा पुगेर आमसभामा कार्यक्रम परिणत भएको थियो ।

कार्यक्रमलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले सम्बोधन गरेका थिए । उनले दमकमा बन्न लागेको क्लिन पार्कलाई लक्षित गर्दै लिम्बुवान विकास विरोधी नभएको बताउँनु हुँदै पार्क क्षेत्रमा पर्ने जग्गा गरिब दुःखीबाट थाहै नदिई सस्सोमा नेकपाका नेताहरुले विघौं किनेर महंगो मुल्यमा सरकारलाई बेच्ने षडयन्त्रको भण्डारफोर गर्ने बताएका छन् । उनले भने– ४०औं विघा जग्गा संस्तो मुल्यमा किनेर जनतालाई भूमिहिन र सुकुम्बासी बनाउने कदमको लिम्बुवानले विरोध गर्नेछ । त्यहाँका जग्गा धनीलाई उचित मुअब्जा दिन सरकारलाई आग्रह गर्दै लिङ्देनले भने यदि त्यसो नगरिए ढुंगाले हान्ने चेतावनी दिएका छन् । पार्क बन्नु पर्छ तर सो पार्क निर्माणमा सबै दललाई समेटेर सर्वदलिय समिति बन्नु पर्छ । सबै राजनीतिक दललाई समेटेर लानु पर्छ अनि पो विकास हुन्छ । यदि हाम्रो माग सम्बोधन नभए चीनको लगानी खेर जाने चेतावनी समेत अध्यक्ष लिङ्देनले दिए ।

अध्यक्ष लिङ्देनले भनेका छन् बरु म मर्छु तर अर्बौमा विकेर लिम्बुवानको आन्दोलनलाई कहिल्यै धोका नदिने बताए । १५ बर्ष देखि निरन्तर मञ्चको पथमा हिढेकोछु अब जनतालाई कहिल्यै धोका दिन्न उने भनेका छन् । उनले अर्को प्रसङ्गमा भने कांग्रेस र नेकपा भनेको हावाले भरेको बेलुन हो त्यो कतिबेला फ्यास्स फुट्न सक्छ । तर मञ्च भनेको असली जनता हो । उनले अझ थपे कांग्रेस नेकपाले देश खोक्रो बनाई सकेको हुँदा युरोपियन युनियन, अमेरिका, चीन, भारत लगायतबाट आइरहेको लगानी खरानी भईरहको छ । यहाँको जनतासम्म आईपुग्दैन समिति व्यक्तिको हातमा मात्र त्यो पैसा जान्छ । उनले आग्रह गरे तपाईहरुको पैसा खरानी हुँदैछ, जहाँ पुग्नु पर्ने हो त्यहाँ नपुग्ने भएकोले भ्रष्टचार दिनानुदिन मौलाएको वताए । त्यसैगरी अध्यक्ष लिङ्देनले यतिवेला एकात्मकवादीहरु दिउँसो दिउँसो कम्यूनिष्ट र कांग्रेस हुने रातारात राजावादी हुने द्वेव चरित्र भएको मान्छेसँग होशियार रहन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले थप जोड्दै –दलितहरु माथि अन्याय अत्याचार भईरहेको छ मञ्चले सम्पूर्ण दलितहरुको मुक्तिको लागि वलिदानी दिने वादा गरेका छन् ।

झापाका ग्रामिण क्षेत्रसहित छिमेकी जिल्ला मोरङ, इलाम र सुनसरीबाट समेतबाट सयौंको संख्यामा कार्यकर्ताहरु उतारेर सो पार्टीले लामो समयपछि दमकमा सरकारले चालेको असंबैधानिक, अराजनैतिक, प्रतिगमनकारी, पहिचानविरोधी, गणतन्त्र विरोधी कदमको विरुद्ध प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

विरोधसभामा दमकको दक्षिण भेग त्यसैगरी कमल गाउँपालिका र गौरदह नगरपालिकासँग जोडिएको क्षेत्रमा चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका निहुँमा बर्षौंदेखि त्यस भेगमा बसोबास गर्ने आदिवासी, भुमीहिन सुकुम्बासीहरुलाई विस्थापित गर्न लागिएको भन्दै सो परियोजनाको समेत विरोध गरेको छ ।

सभालाई मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, महासचिव संगम खनाल, उपमहासचिव भानु भट्टराई, ईन्दीरा मेन्याङ्बो, केन्द्रीय सचिव राजु राई, दलित नेता बलराम सदा, विद्यार्थी नेता सजन याक्खा लगायतका पहिचानवादी वक्ताहरुले सम्बोधन गर्दै वर्तमान ओली नेतृत्वको सरकार अहिले सम्मका राजनीतिक उपलब्धीहरुलाई समेत गुमाएर निरंकुशता लाद्ने शैलीमा अघि बढेको उल्लेख गरेका छन् । त्यस्तो गलत रवैयाका विरुद्ध सडकबाटै आन्दोलनलाई शसक्त बनाएर सरकारलाई घुँडा टेकाउने उदघोष गरेका छन् ।

वक्ताहरुले नेकपा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरोध गर्दै संघीयताको मर्म विपरित भौगोलिक विविधता र प्राकृतिक विवधतामा आदिवासी जनजातिले संरक्षण गर्दै आएको प्राकृतिक सुन्दरतालाई दोहन गर्दै संघीय विरोधी गतिविधि गरेमा जस्तो सुकै प्रतिकार मा पनि उत्रिन सक्ने चेतावनी दिएका छन् ।

कार्यक्रम मञ्चका केन्द्रीय सचिव तथा कार्यक्रम व्यवस्थापन संयोजक धनराज सुब्बाको सभाध्यक्षता साथै केन्द्रीय सचिव विष्णु माया थापाको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...