याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र

 लिम्बुवान न्युज
                       

दमक। मच्छिन्द्र कुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ ।
यहाँ स्थित किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक कमन देवानले दिएको जानकारी अनुसार समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः टेकबहादुर देवान, टिकाराज देवान, राजेश देवान र विष्णु थायुम चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः टंक लुम्बा, परिना देवान, भद्रिका जिमी सोम्याङ र रामकुमार याक्खा छन् ।

अधिवेशन उद्घाटनशत्रमा बोल्दै छुम्माका केन्द्रीय उपाध्यक्ष लहरु जिमीले याक्खा पहिचानलाई संस्थागत गर्न आपसी एकतालाई जोड दिएर लाग्नुपर्ने बताइन् । उनले भनिन् –“राष्ट्रिय जनगणना आउँदैछ, हामीले जनगणनामा आफ्नो जाती, मातृभाषा, संस्कृति र धर्मलाई ध्यान दिनुपर्छ ।”

छुम्माका केन्द्रीय सदस्य कमन देवानले याक्खा पहिचान सुनिश्चितताको लागि याक्खालेन स्वायत्त भूमि प्राप्तिको राजनीतिक मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे ।

किरात राई यायोक्खाका केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङले बाहुन मगन्ते जात भएकोले बाहुनले राज्य कब्जा गरेपछि अरुलाई अधिकार दिन नचाहेको आरोप लगाए । त्यस्तै किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङले युद्ध नायक काङसोरे समेत याक्खाकै दरसन्तान हुन् भन्दै याक्खा जातिले आफ्नो वीरतापूर्ण इतिहासलाई भूल्न नहुने सुझाव दिइन् ।

कार्यक्रम छुम्मा झापाका कार्यबाहक अध्यक्ष टेकबहादुर देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...