सर्लाहीमा बहुजन समाज परिषद र संघीय मञ्च बिच राजनैतिक एजेण्डामा अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

सर्लाही। प्रदेश नं. २ सर्लाहीको बरहथुवामा बहुजन समाज परिषद नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहकार्यमा राजनीतिक परिस्थिति बारे अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई बहुजन समाज परिषदले आयोजना गरेको हो ।

यस कार्यक्रममा मञ्च र परिषद बिच आपसी भाइचाराको सम्बन्ध जोड्दै संघीयता, धर्म निरपेक्षता, आरक्षण, जात बिनासका साथै संघीय लोकतान्त्रिक गणतन्त्रमा दलितहरुको भूमिका साथै वर्तमान देशको राजनैतिक अवस्थाको बारेमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रदेश नम्बर २ मा दलित माथि भईरहेको अत्याचारको विरुद्ध सबै दलित शिल्पी जातीहरु एकजुट हुन आग्रह गरेका छन् । पूर्वको लिम्बु राई हुँदै काठमाडौंको नेवार त्यसैगरी कास्की पोखरामा गुरुङ्को समस्या रुकुम रोल्पामा मगर छन् न त राज्यले उनीहरुको भाषा लिपि संस्कार संस्कृतिको सरकारले रक्षा गरेको छैन । देशको सबै सुविधा एउटा जातीले खाएको हुँदा अब सबै एकजुट भएर राज्यको एकात्मक सत्ता विरुद्ध लड्न आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले कर्णालीमा सबैभन्दा धेरै दलित छन् भने त्यसपछि धेरै प्रदेश २ मा दलितहरुको बसोबास रहेको स्मरण गराउँदै अब सबै दलित शिल्पी आदिवासी जनजाति मुश्लिम एकजुट भएर लड्न बहुजन समाजलाई आग्रह गरेका छन् ।

कार्यक्रमलाई संघीय मञ्चका संघीय सचिवद्वय शान्ता योङ्हाङ् र इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव विष्णु यक्सो र तामाङ्शालिङ् प्रदेश २ का संयोजक रुपेश तामाङ्ले समेत सम्बोधन गरेका थिए ।

पूर्व सद्भावना पार्टीका बरिष्ठ नेता राजाराम पाश्वासनले मधेशमा सबैभन्दा धेरै दलितहरुमाथि आक्रमण भईरहेकोमा चिन्ता व्यक्त गरेका छन् । राज्य दलितहरु पक्षमा नभएको उनको तर्क थियो ।

उक्त कार्यक्रमका सभाध्यक्ष साथै बहुजन समाज परिषद नेपालका अध्यक्ष हरिनन्दन कुमार रञ्जनले यस क्षेत्रमा आएर मञ्चले आफ्नो राजनीतिक एजेण्डा राखेर कम्तीमा दलितहरुको राजनीति सुनिश्चितताको लागि मञ्चले १०+१ अन्तर्गत विशेष गैर भौगोलिक दलित शिल्पी प्रान्तको अवधारणा ल्याएको हुँदा दलित मुक्तिको अभियानमा लाग्ने राजनैतिक दललाई साथ दिने प्रतिबद्धता गरेका छन् ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...