सर्लाहीमा बहुजन समाज परिषद र संघीय मञ्च बिच राजनैतिक एजेण्डामा अन्तरक्रिया

,   लिम्बुवान न्युज
                       

सर्लाही। प्रदेश नं. २ सर्लाहीको बरहथुवामा बहुजन समाज परिषद नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहकार्यमा राजनीतिक परिस्थिति बारे अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई बहुजन समाज परिषदले आयोजना गरेको हो ।

यस कार्यक्रममा मञ्च र परिषद बिच आपसी भाइचाराको सम्बन्ध जोड्दै संघीयता, धर्म निरपेक्षता, आरक्षण, जात बिनासका साथै संघीय लोकतान्त्रिक गणतन्त्रमा दलितहरुको भूमिका साथै वर्तमान देशको राजनैतिक अवस्थाको बारेमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रदेश नम्बर २ मा दलित माथि भईरहेको अत्याचारको विरुद्ध सबै दलित शिल्पी जातीहरु एकजुट हुन आग्रह गरेका छन् । पूर्वको लिम्बु राई हुँदै काठमाडौंको नेवार त्यसैगरी कास्की पोखरामा गुरुङ्को समस्या रुकुम रोल्पामा मगर छन् न त राज्यले उनीहरुको भाषा लिपि संस्कार संस्कृतिको सरकारले रक्षा गरेको छैन । देशको सबै सुविधा एउटा जातीले खाएको हुँदा अब सबै एकजुट भएर राज्यको एकात्मक सत्ता विरुद्ध लड्न आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले कर्णालीमा सबैभन्दा धेरै दलित छन् भने त्यसपछि धेरै प्रदेश २ मा दलितहरुको बसोबास रहेको स्मरण गराउँदै अब सबै दलित शिल्पी आदिवासी जनजाति मुश्लिम एकजुट भएर लड्न बहुजन समाजलाई आग्रह गरेका छन् ।

कार्यक्रमलाई संघीय मञ्चका संघीय सचिवद्वय शान्ता योङ्हाङ् र इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव विष्णु यक्सो र तामाङ्शालिङ् प्रदेश २ का संयोजक रुपेश तामाङ्ले समेत सम्बोधन गरेका थिए ।

पूर्व सद्भावना पार्टीका बरिष्ठ नेता राजाराम पाश्वासनले मधेशमा सबैभन्दा धेरै दलितहरुमाथि आक्रमण भईरहेकोमा चिन्ता व्यक्त गरेका छन् । राज्य दलितहरु पक्षमा नभएको उनको तर्क थियो ।

उक्त कार्यक्रमका सभाध्यक्ष साथै बहुजन समाज परिषद नेपालका अध्यक्ष हरिनन्दन कुमार रञ्जनले यस क्षेत्रमा आएर मञ्चले आफ्नो राजनीतिक एजेण्डा राखेर कम्तीमा दलितहरुको राजनीति सुनिश्चितताको लागि मञ्चले १०+१ अन्तर्गत विशेष गैर भौगोलिक दलित शिल्पी प्रान्तको अवधारणा ल्याएको हुँदा दलित मुक्तिको अभियानमा लाग्ने राजनैतिक दललाई साथ दिने प्रतिबद्धता गरेका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;