अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिताको बिजेता बनिन् चाईना योङ्या सेर्मा

 लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको सिरिजंगा सांस्कृतिक विभाजद्वारा आयोजित लिम्बू अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिता पाँचथरकि चाईना योङया सेर्मा बिजयी भएकी छन् । विजयी सेर्माले ५० हजार हात पारिन् ।

चासोक तङ्नाम २०७७ को अवसर पारेर किरात याक्थुङ् चुम्लुङ्को केन्द्रीय कार्यालय ललितपुरमा विजयी प्रतियोगीहरुलाई केन्द्रीय अध्यक्ष योगराज वनेम र महासचिव निरन्ती तुम्बापोको हातबाट पुरस्कार प्रदान गरिएको छ ।

लिम्बु मौलिक भेष भुसा र कला, संस्कृतिको संरक्षण साथै प्रवद्र्धन गर्न सेप्टेम्बर ७ बाट नोभेम्बर ७ तारिख दुई महिनासम्म चलेको उक्त प्रतियोगितामा १६५ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अन्तिम नतिजा भने सन् २०२० नोभेम्बर १५ का दिन सार्वजनिक गरिएको हो ।

उक्त प्रतियोगितामा लालीगुराँस, तेह्रथुमकी नुमा माबुहाङ्ले दोस्रो हुँदै ३० हजार हात पारिन भने धरान, सुनसरीकि रोजनी तेयुङ्ले तेस्रो हुँदै १५ हजारमा चित्त बुझाएकि छन् । त्यसैगरी सान्तवना हुँदै धरान सुनसरीका सक्षम लिम्बुले ५ हजार पारेका छन् ।

यस टिकटक प्रतियोगितामा उत्कृष्ट पाँच भिडियोलाई जुरी अवार्ड प्रदान गरिएको छ । एक के योङहाङ्, कृष्ण माबुहाङ्, उमा सम्बाहाम्फे, नुमा तिलिङ् र विना पन्धाकले उक्त अवार्ड जितेका छन् ।
कार्यक्रमको निर्णायकमा यासेली योङहाङ, मौसम लिम्बु –फु?लेन्देको बाउ) र युवेन तुम्बापो रहनुभएको थियो ।

विश्वव्यापी कोरोना भाइरस(कोभिड१९) को महामारी र लडाउनका कारण निकै लामो समयसम्म स्थगन गरिएको पुरस्कार वितरण कार्यक्रम चासोक तङ्नामको अवसरमा पारेर बुधबार वितरण गरिएको चुम्लुङ् दक्षिण कोरियाका अध्यक्ष अग्नी पन्धाक मिराकले जनाएका छन् ।

कार्यक्रम सम्पन्न गर्न सिरिजंगा साँस्कृतिक विभाग कियाचु दक्षिण कोरियाका संयोजक शान्तिला पालुहङ्वा र सहसंयोजक सन्तोष खेवाको विशेष भूमिका रहेको थियो । यस कार्यक्रमलाई सफल पार्न समशेर पन्धाक, मिराक लिम्बु –अग्नी), प्रवेश फियाक, सागर माङ्मु, सुन्दरदिप आङ्देम्बे, सन्तोष मादेन, युगल किशोर सेर्मा, हेम्बु ईजम, शुभद्रा पालुङ्वा, सुमन हाङसोरोङ्, दिवा वारुमहाङग र अर्जुन तुम्बापोले प्रयोजन गर्नुभएको थियो भने कार्यक्रमको संरक्षकमा शमशेर पन्धाक, संरक्षक सदस्यमा कुविर लिङदेन, गणेश मेन्याङबो रहेका थिए । त्यसैगरी सल्लाहकारहरुमा मौसम इम्बुङ –फुलेन्दे को बाऊ), यासेली योङहाङ र गोविन्द आङ्बुहाङ रहेका थिए ।

 

सम्बन्धित समाचार

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...