किरात जागरण गीत ‘यो धर्तिमा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरातीहरुको आस्थाको धरोहर इलाम माङ्सेबुङ्मा सक्रिय संस्था किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोले किरत जागरण गीत ‘यो धर्तिमा’ भिडियो सार्वजनिक गरेको छ । यस संस्थाको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण गीत ‘यो धर्तिमा’ भिडियोलाई आफ्नै यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

डिबी लिङदम ‘सेसेमी’ को शव्दलाई गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको गीत ‘यो धर्तिमा’ को भिडियो किरात साम्यो सक्थिमगेन पान्जुम्भोको आफैले निर्माण गरेको हो ।

लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ, अनिला आङदेम्बे, कौशिला खेवा, आइन्द्र थेगिम, बिरपन थेगिम, दिलिप माखिम, राजन बेघा र सुबास गुरुङ लगायत एक दर्जन गायकगायिकाहरुको कोरस आवज रहेको उक्त गीतको संगीत संयोजन तथा मिक्सिङ, मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

काव्या रेकर्डिङ स्टुडियो दमक, झापा र किङग् स्टुडियो काठमाण्डौमा रेकर्डिङ गरिएको गीतलाई सुजन श्रेष्ठले सम्पादन गरेका हुन् भने भिडियो छायाँकन अनिस लावतीको रहेको छ । यस भिडियोलाई माङ्सेबुङ्को किरात धार्मिक पर्यटकीय स्थलको विभिन्न स्थानमा छायाँकन गरिएको छ ।

भिडियाे ……

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...